सम्झनामा शर्माको जादुमय सङ्गीत | Khabarhub Khabarhub

सम्झनामा शर्माको जादुमय सङ्गीत


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सितार जस्तै एक वाद्य वादक यन्त्र सन्तुर। शास्त्रीय सङ्गीतमा यसको आफ्नै महत्त्व छ। त्यसो त शास्त्रीय सङ्गीत दक्षिण एसियाली क्षेत्रको एउटा सान र पहिचान पनि हो। सन्तुरलाई संसारमा चिनाउन सफल दक्षिण एसियाका नामी शास्त्रीय सङ्गीतका धरोहर शिवकुमार शर्माले संसार छाडे। मुम्बईको आफ्नै निवासमा रहेका उनको हृदय घातका कारण निधन भएको हो।

प्राय काश्मीरमा बजाइने सन्तुरलाई धेरै जसो सांस्कृतिक सङ्गीतमा मिश्रण गराएर शिव कुमारले नयाँ आयाम दिएका थिए। शर्मा र हरिप्रसाद चौरासीया मिलेर शास्त्रीय गीत र धेरै फिल्ममा सहकार्य गरेका छन्। यी दुईको साङ्गीतिक जोडी भारतमा कुनै समय अत्यन्त लोकप्रिय मानिन्थ्यो।

शिव हरि नामको त्यो जोडीले सिलसिला, चाँदनी, डर र लमे लगायत कम्तीमा ८ चलचित्रमा सँगै काम गरेका छन्। शर्माको जन्म जम्मुमा खोलाको किनारमा सन् १९३८ मा भएको थियो। शर्माकै भाषामा भन्ने हो भने नदीको आवाजबाट उनले बाल्यकालमै सङ्गीतको आनन्द लिने गरेका थिए।

सन्तुरलाई संसारमा चिनाउन सफल दक्षिण एसियाका नामी शास्त्रीय सङ्गीतका धरोहर शिवकुमार शर्माले संसार छाडे। मुम्बईको आफ्नै निवासमा रहेका उनको हृदय घातका कारण निधन भएको हो।

उनका बाबु उमा दत्त शर्मा हिन्दु पुरोहितको काम गर्थे। धार्मिक सभा समारोहमा उमा दत्तले तबला, हार्मोनियम जस्ता वाद्य वादनहरू बजाउनुका साथै भजन गाउने गर्थे। यसले पनि शिवकुमारमा सङ्गीतको मोह बढाएको थियो।

सन् १९५० को दशकमै प्रान्तीय सरकार सञ्चालन गरेको रेडियो स्टेसनमा काश्मीर तथा स्थानीय सुफीमा प्रयोग गरिने सन्तुरका बारे उमा दत्तले अध्ययन सुरु गरेका थिए।

उनले घरमा नै १०० तार भएको सन्तुर ल्याएर छोरालाई यो बजाउन प्रेरित गरेका थिए। यसको केही वर्षमा सन्तुरमा शिव कुमारको आकर्षण यसरी बढेको थियो की त्यो यन्त्र बिनाको उनको जीवन नै अपुरो हुन्थ्यो।

बाबुले आफ्नो छोराको पर्यायवाचीको रूपमा सन्तुरलाई बुझ्न थालेकाले यसलाई छाड्न नमिल्ने भन्दै छोरा शिव कुमारलाई प्रेरित गर्थे।

१७ वर्षको उमेरमा शर्माले स्थानीय रेडियो स्टेसनमा सन्तुर र तबेला बजाउन सुरु गरेका थिए। त्यहीँबाट उनी विस्तारै बहु आयामिक साङ्गीतिक व्यक्तित्वमा परिणत भइसकेका थिए। उनले भारतीय सङ्गीत क्षेत्रका हस्ती सितार वादक रबी शङ्कर र उस्ताद सरोद वादक अलि अकबर खानसँगै ती सबै वाद्य वादनमा निपुण भइसकेका थिए।

गायक विजय किच्चु शिव कुमारले शास्त्रीय सङ्गीतमा सन्तुरलाई अनिवार्य स्थान बनाएको दाबी गरे। सन्तुर बजाउन अन्य वाद्यवादन यन्त्र भन्दा धेरै कठिन मानिन्छ। एकातर्फ हातका औला चलाउन अनिवार्य मानिन्छ भने अर्को तर्फ हत्केलाको प्रयोग पनि त्यसै गरिरहनुपर्छ।

बाबु उमा दत्त शर्मा हिन्दु पुरोहितको काम गर्थे। धार्मिक सभा समारोहमा उमा दत्तले तबला, हार्मोनियम जस्ता वाद्य वादनहरू बजाउनुका साथै भजन गाउने गर्थे। यसले पनि शिवकुमारमा सङ्गीतको मोह बढाएको थियो।

एउटा अन्तरवार्तामा शिव कुमारले सन्तुरलाई भारतीय सङ्गीतमा सुहाउँदो ढङ्गले परिमार्जित गरेको बताएका थिए। सामान्यतया सन्तुरलाई बजाउने समयमा काठको स्ट्यान्डमा राख्ने गरिन्छ। उनले ८ किलो तौलको यो साधन घन्टौँ काखमा राखेर क्रान्ति नै गरेको बताउँछन्। सन्तुरका केही आलोचकले यो परम्परागत सांस्कृतिक वाद्य वादनको रूपमा स्वीकार गर्न नसकिने बताउँछन्।

सन् १९५५ मा १७ वर्षको उमेरमा बलिउड निर्देशक भी सन्तरामले उनलाई फिल्ममा सङ्गीत निर्देशकको काम गर्न प्रस्ताव राखेका थिए। त्यो प्रस्ताव अस्वीकार गरेका शिव कुमार ५ वर्षपछि उनी फिल्म उद्योगमा काम गर्नका लागि मुम्बई पुगे। त्यो समयमा उनले अर्थशास्त्रमा स्नातकोत्तर पनि गरेका थिए।

‘६० र ७० को दशकमा उनको काम दुई लिगमा रेल कुदाए जस्तै थियो। एका तीर उनी फिल्म क्षेत्रमा काम गरिरहेका थिए। अर्कोतर्फ स्टेजमा शास्त्रीय सङ्गीतमा काम गरीरहे जस्तो थिए’, भारतका फिल्म तथा सङ्गीतका जानकार मानेक प्रेम चन्दले भनेका छन्।

धेरै वर्षसम्म शास्त्रीय सङ्गीतको कन्सर्टमा पनि दर्शकको भिड गराउन सक्ने अद्वितीय क्षमता उनमा थियो। सन्तुरलाई शास्त्रीय सङ्गीतमा प्रवेश गराएर माथिल्लो उचाइ दिएकै कारण रबी शङ्करले उनलाई एक पटक सुपरस्टारको संज्ञा दिएका थिए।

शास्त्रीय र व्यापारिक सङ्गीतमा सन्तुरलाई उस्तै किसिमले प्रस्तुत गरेर उनले अर्को सनसनी फैलाएका थिए। लता मंगेशकर, मोहम्मद रफी, किशोर कुमार र मुकेश लगायत स्टारले गाएको लोकप्रिय ४० हिन्दी फिल्मी गीतमा उनले सन्तुर बजाएका थिए।

८० को दशकमा चौरेसियासँग जोडिएपछि त्यो जोडी अझ बढी लोकप्रिय बनेको थियो। अमिताभ बच्चन अभिनीत सिलसिला र यसका हरेक गीतका सफलताले यो जोडी दमदार भएको पुष्टि गरेको थियो। दिल्लीको एउटा होटेलमा आधा रातसम्म बसेर यी दुईले सङ्गीत तयार गरे पछि अमिताभले सिलसिलामार्फत् भारतका नयाँ युगको सुरुवात भएको प्रतिक्रिया दिएका थिए।

‘६० र ७० को दशकमा उनको काम दुई लिगमा रेल कुदाए जस्तै थियो। एका तीर उनी फिल्म क्षेत्रमा काम गरिरहेका थिए। अर्कोतर्फ स्टेजमा शास्त्रीय सङ्गीतमा काम गरीरहे जस्तो थिए’, भारतका फिल्म तथा सङ्गीतका जानकार मानेक प्रेम चन्दले भनेका छन्।

शर्माको निधनपछि अमिताभले उनको पार्थिव शरीर नभए पनि उनले साङ्गीतिक क्षेत्रमा गरेका कर्मले सधैँ अमर बनाएको प्रतिक्रिया दिएका छन्। सन् १९९८ मा शर्मा र चौरेसिया नोबेल पुरस्कार वितरण समारोहमा सङ्गीत दिने पहिलो भारतीय सङ्गीतकर्मी भएका थिए। यी दुईसँगै एलानीस मोरिसेट,जोन एल्टन र फिल कोलीन्स लगायत संसारका एक से एक हस्तीले यी दुईसँगै प्रस्तुति दिएका थिए।

सन् १९८६ मा सङ्गीत नाटक एकेडेमी अवार्ड पाएका उनले १९९१ मा पद्म श्री तथा सन् २००१ मा पद्म विभूषण पाएका थिए। श्रीमतीसहित दुई छोराको साथमा रहेका उनको एउटा छोरा सन्तुर वादक नै छन्।

शर्माको निधनमा अहिले भारतीय सिने उद्योग शोकमा छ। प्रधानमन्त्री नरेन्द्र मोदीले शोक सन्तप्त परिवार प्रति समवेदना व्यक्त गरे। उनका कामलाई पछिल्लो पुस्ताले पनि अनुसरण गर्ने प्रतिक्रिया मोदीको छ।

जीवनभर उत्तिकै सक्रिय रहेका उनले अर्को साता भूपालमा कार्यक्रम गर्ने योजना बनाएका थिए। मिर्गौलाको समेत समस्या भएका उनको नियमित डाइलोसीस भइरहेको थियो। यसका बाबजुद उनको सक्रियताले सबैलाई आश्चर्यमा पारेको थियो। फिल्म शान्तरामको ‘झनक झनक बजे पायल’ शिवकुमार शर्माको पहिलो चर्चित फिल्म थियो। शिव हरि नामले १९६७ मा बजारमा आएको ‘अकल अफ द भ्याली’ त्यत्तिकै लोकप्रिय थियो।

फिल्म शान्तरामको ‘झनक झनक बजे पायल’ शिवकुमार शर्माको पहिलो चर्चित फिल्म थियो। शिव हरि नामले १९६७ मा बजारमा आएको ‘अकल अफ द भ्याली’ त्यत्तिकै लोकप्रिय थियो।

फिल्म उद्योगमा थोरै तर अत्यन्त मिठो गीत दिएको यो जोडीले सङ्गीत दिएको सिलसिलाको ‘ रङ्ग बर्से भिजे चुनावर वाली’ एकदमै हिट भएको थियो। यो गीत अहिले पनि होलीको समयमा बजाउने गरिन्छ। चाँदनीको चर्चित गीत ‘ तेरे मेरे होठे से’ त्यही समयमा तयार भएको थियो। यस गीतलाई शृङ्गारिक रसको भारतीय फिल्म मध्य उत्कृष्टको कोटीमा राख्ने गरिन्छ। त्यसै फिल्मको ‘मेरो हाथोमे नोउ’ त्यत्तिकै सफल भएको थियो।

पुराना पुस्ताको यो जोडीले ९० को दशकमा टिनएजमा रहेकालाई त तरङ्गित नै गराएको थियो। ‘जादु तेरे नजर, खुसबु तेरा वदन’, डर फिल्मको यो गीतले त तहल्का नै मच्चाएको थियो। अभिनेता शाहरुख खानलाई डर ले नयाँ उचाइ दियो नै। साथै यो गीत वर्षौँसम्म उत्कृष्ट गीतको कोटीमा भारत र नेपालका धेरै युवाको जिब्रोमा झुन्डिएको थियो। सिलसिलाको ‘ देखा ए ख्वाब तो ’ त्यस्तै लोकप्रिय गीत थियो।

सन्तुरलाई सांस्कृतिक सङ्गीतमा भित्र्याउने शिवकुमार शर्माको निधन पूर्वेली साङ्गीतिक क्षेत्रको एउटा अपूरणीय क्षति त हुँदै हो। तथापि, सिलसिलादेखि डरसम्मका फिल्मका ती गीत लगायत उनका अनेकौँ सृजना सधैँ अमर बनेका छन्। स्रोत : हिन्दु, एनडीटिभी, बीबीसी र एबिपी लाइभ

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ७ : ०३ बजे

सहकारी नियमनको कार्य प्रभावकारी रुपमा गरिनुपर्छ : नेता साउद

कञ्चनपुर – नेपाली कांग्रेसका केन्दीय सदस्य नारायणप्रकाश साउदले सहकारीको नियमन

प्रचण्डको ‘चाइना कार्ड’ अभिव्यक्तिप्रति एमालेको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘चाइना

गड्डाचौकीमा आवागमन सहज बनाउन एसएसबीसँग छलफल गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – गृहमन्त्री रमेश लेखकले पश्चिमी सीमानाका गड्डाचौकी भएर ओहोरदोहोर

एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली मुख्यमन्त्री : कँडेल

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश

माल्टामा राहदानी घुम्ती सेवा शिविर सञ्चालन हुने

पोर्चुगल – राहदानीलगायतका कागजातसम्बन्धी समस्यामा परेका नेपाली नागरिकलाई सेवा दिन