चोरीका घटना बढेपछि होटेल-पसल राति साढे ८ बजेपछि बन्द « Khabarhub

चोरीका घटना बढेपछि होटेल-पसल राति साढे ८ बजेपछि बन्द


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – रसुवाको कालिका गाउँपालिका–५ मा होटेल, चिया पसल तथा खाद्यान्न पसल बेलुकी साढे ८ बजे नै बन्द गर्नुपर्ने भएको छ ।

जिल्लामा २७ दिनदेखि शृङ्खलाबद्ध चोरीको घटना हुन थालेको र गाउँपालिकाको विभिन्न स्थानमा चोरीको घटना नियमित जसो हुन थालेपछि वडा कार्यालयले उक्त निर्णय गरेको हो ।

वडाध्यक्ष सन्दीप पौडेलको अध्यक्षतामा आइतबार बसेको बैठकले हरेक दिन बेलुकी साढे ८ बजेदेखि बिहान ४ बजेसम्म होटेल तथा पसल बन्द गर्नुपर्ने निर्णय गरेको हो।

जिल्लाको उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकाको विभिन्न स्थानमा चोरीको घटना बढिरहेकाले वडाभित्र रहेका होटेल तथा पसल सीमित समय खोल्ने निर्णय गरिएको वडाध्यक्ष पौडेलले बताए। ‘हामीले आजदेखि नै लागू हुने गरी निर्णय गरेका छौं’, उनले भने, ‘अर्को निर्णय नहुँदासम्म यो जारी रहन्छ।’

जिल्लामा शृङ्खलाबद्ध चोरी सुरु भएको २७ दिन भयो। पीडितले प्रहरीमा उजुरी पनि दिइरहेका छन्। गएको वैशाख २० गते यता करिब ३७ वटा घर, वित्तीय संस्था, वडा कार्यालय, स्वास्थ्य संस्था तोडफोड भएका छन्। केही संस्थाबाट नगद चोरी नगरे पनि अधिकांश घर तथा सहकारी संस्थाबाट नगद चोरी भएको छ।

चोरीमा संलग्न व्यक्तिको खोजी कार्य गरिरहेको प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए। उनका अनुसार हालसम्म चोरीमा संलग्न व्यक्ति पक्राउ परेका छैनन्। चोरीको घटना बढेपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक झलक शर्माको नेतृत्वमा ५ सदस्सीय टोली परिचालन गरिएको छ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ७ : १२ बजे

‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ

भक्तपुर – आफूलाई अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने

‘तुल्सा कलेक्सन’को सम्पत्ति शुद्धीकरणमा यसरी जोडिए अजय चौरसिया र लक्ष्मी खतिवडा

ललितपुर– विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा

एमाले बैठक : दलको नेता चयनमा पार्टी हस्तक्षेप नभएको स्पष्टीकरण, सरकारका निर्णयको कडा विरोध

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठक

सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

खोटाङ– खोटाङमा विद्यमान रहेका शान्ति, सुरक्षासम्बन्धी समस्या यथाशीघ्र समाधान गरिदिन