तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो « Khabarhub

तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएका हुन् ।

पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो । स्थलमार्गबाट गएको टोलीले जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटेको हो ।

मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट उडेको कल साइन ‘९ एन–एइटी’ विमान १२ मिनेटमै सम्पर्कविहीन भएको थियो ।

आइतबार नेपाली सेना र प्रहरीसहितको उद्धार टोलीले सम्भावित केही क्षेत्रमा खोजी गरे पनि भेट्टाउन सकेको थिएन ।

जहाजमा चालक दलका तीन सहित र १९ यात्रु रहेका तारा एयरले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ७ : ५५ बजे

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने