उदयपुरमा ट्रक दुर्घटना : ४ जनाको मृत्यु « Khabarhub

उदयपुरमा ट्रक दुर्घटना : ४ जनाको मृत्यु


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उदयपुरको कटारीमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार दुर्घटनामा परी चालक सुजित घलान, सहचालक नितेश खड्का, ट्रकमा सवार अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको छ।

सिद्धीचरण लोकमार्गअन्तरगत पर्ने चनौटमा सोलुखुम्बुतर्फ जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको ट्रक गए राति कटारी नगरपालिका–१४ भदौरेमा दुर्घटनामा परेको हो ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका डिएसपी सुमनकुमार तिमल्सिनाकाअनुसार ट्रक मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट बोकेर सोलुखुम्बु जाँदै थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा चालक निदाएका कारण ट्रक अनियन्त्रित भइ दुर्घटना भएको खुलेको छ। ट्रक सडकबाट करिब एक सय मिटर खसेको छ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ९ : ०९ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति