गोधुली साहित्य–सिर्जना सम्मानबाट डा क्षेत्री सम्मानित « Khabarhub

गोधुली साहित्य–सिर्जना सम्मानबाट डा क्षेत्री सम्मानित


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गोधुली साहित्यिक प्रतिष्ठानले गोधुली साहित्य–सिर्जना सम्मानबाट वरिष्ठ कवि डा दुबसु क्षेत्री सम्मानित भएका छन् ।

प्रतिष्ठानको आइतबार सम्पन्न चौँथो वार्षिक साधारण सभाका अवसरमा गोधुली साहित्य–सिर्जना विशेष अभिनन्दन (२०७८) बाट वरिष्ठ कवी क्षेत्री, गोधुली भानुभक्त पोखरेल बाल साहित्य सम्मान (२०७८) बाट बाल साहित्यकार निर्मला बराल सम्मानित भएका हुन् ।

यस्तै, गोधुली भद्रकुमारी घले आदर्श आमा पुरस्कार (२०७८) बाट समाजसेवी पशुपति गुरुङ सम्मानित भएका छन् । सम्मानित गुरुङ संस्कार समाज नेपालको अध्यक्ष समेत छन्।

यसैगरी, गोधुली कला सम्मानबाट कलाकार घनश्याम गौतम, गोधुली वर्ष कृति पुरस्कारबाट लेखक वसन्त ओली, गोधुली समाजसेवा सम्मान उर्मिला विश्वकर्मा र वीना बस्नेत, गोधुली युवा सिर्जनशील सम्मान भूपेन्द्र विश्वकर्मा र रोशन विशंखे, गोधुली कुमारमान मास्के स्मृति सम्मान गणेश लकान्द्री र भाइराम खड्गीलाई प्रदान गरिएको छ ।

गोधुली–चिसकुमारी गुरुङ बाल प्रतिभा पुरस्कार बाल कलाकार प्रशन्न श्रेष्ठ र गोधुली सेवा सम्मानबाट पवनलाल श्रेष्ठ सम्मानित भए । सम्मानित व्यक्तिलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्मान गरेका हुन् ।

कार्यक्रममा कुलपति उप्रेतीले नेपाल भाषा, साहित्य र कला क्षेत्रको विकास र विस्तारमा लागेका व्यक्तिलाई सम्मान गरेर गोधुली प्रतिष्ठानले राम्रो काम गरेको बताए । उनले सम्मानित व्यक्तिलाई आगामी दिनमा समेत आफ्नो कला, साहित्य र भाषालाई अगाडि बढाउन आग्रह गरे ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  १० : ३० बजे

लिभरपुलमाथि लिड्सको पुनरागमन जित, ४–२ गोल अन्तरले पराजित

काठमाडौँ – अमेरिकाको सिकागोमा भएको प्रिसिजन मैत्रीपूर्ण फुटबल खेलमा लिभरपुल

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता

चितवन– चितवन जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ जना अझै

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

झापा– पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा

ट्रम्पको ‘शान्ति योजना’ सार्वजनिक भएकै समय गाजामा इजरायली आक्रमण: १९ जनाको मृत्यु

गाजा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको शान्ति र सुरक्षाका लागि

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही