पुरुषलाई यसकारण बढी टोक्छ लामखुट्टे  « Khabarhub

पुरुषलाई यसकारण बढी टोक्छ लामखुट्टे 


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – एउटा नयाँ अध्ययनअनुसार लामखुट्टेले महिलाको तुलनामा पुरुषलाई टोक्ने सम्भावना बढी हुन्छ । पुरुषहरू प्रायः तिनीहरूको शरीरको आकारका कारण लामखुट्टेको शिकार हुने गरेको शोधकर्ताहरूले उल्लेख गरेका छन् ।

‘ठूला शरिरका व्यक्तिहरूले लामखुट्टेलाई बढी आकर्षित गर्छन् । उनीहरूको अधिक सापेक्षिक ताप वा कार्बन डाइअक्साइडका कारण ठूला शरिर भएका व्यक्तिहरूले लामखुट्टेलाई बढी आकर्षित गर्छन्’, अध्ययनमा भनिएको छ । पहिले यो विश्वास थियो कि लामखुट्टे पुरुषभन्दा महिलाप्रति बढी आकर्षित हुन्छन् ।

सन् २००० मा ल्यान्सेटले गरेको अध्ययनमा अन्य महिलाले भन्दा गर्भवती महिलाहरूले लामखुट्टेलाई बढी आकर्षित गर्ने निस्कर्ष निकालिएको थियो ।

गर्भवती महिलाहरूले श्वसमार्फत अधिक मात्रामा कार्बन डाइअक्साइड फाल्ने र शरीरको ताप उच्च हुँदा उनीहरूलाई लामखुट्टेले सजिलै पत्ता लगाउने अध्ययनमा उल्लेख थियो ।

न्यूयोर्कको एलर्जी एण्ड अस्थमा केयरका डा. क्लिफर्ड डब्ल्यु बससेटका अनुसार कार्बन डाइअक्साइडका अतिरिक्त ल्याक्टिक एसिड पनि लामखुट्टेलाई बलियो आकर्षण गर्ने तत्व हो । त्यसैले मानिसलाई बाहिर निस्कँदा र पसिना आउँदा लामखुट्टेले बढी टोक्छ ।

रोचक पक्ष के छ भने पोथी लामखुट्टेले मात्र मानिसलाई टोक्छ, किनभने तिनीहरूले मानव शरीरको रगतबाट प्रोटिन निकाल्छन्, जसले तिनीहरूको अण्डा बढाउन मद्दत गर्दछ ।

अध्ययन एनल्स अफ इन्टरनल मेडिसिनमा प्रकाशित छ ।
-न्युज कारखानाबाट

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  १२ : ०८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन