भाषा आयोगले भन्यो -'कक्षा १ देखि ५ सम्म मातृभाषा पढाऔँ' | Khabarhub Khabarhub

भाषा आयोगले भन्यो -‘कक्षा १ देखि ५ सम्म मातृभाषा पढाऔँ’


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – भाषा आयोगले प्रत्येक सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्मका बालबालिकालाई मातृभाषामा शिक्षण हुनुपर्ने बताएको छ ।

भाषा आयोगका अध्यक्ष तथा प्राध्यापक डा लवदेव अवस्थीले नेपालको संविधानमै माध्यमका रूपमा मातृभाषा शिक्षाको व्यवस्था गरेको बताए । उनले भने, ‘हरेक बालबालिकाको लागि घरमा आमाले बोल्ने भाषामा शिक्षण सिकाइ हुनुपर्छ । यसका लागि सबै स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्मा‍ण गर्न आवश्यक छ ।’

उनका अनुसार कुनै कुनै विद्यालयमा स्थानीय पठनपाठन भइरहेको छ । तर, यसको प्रभावकारिता माथि प्रश्न चिह्न उठ्नु स्वाभाविक रहेको र कुनै भाषा पढाइ हुनुलाई मात्रै मातृभाषा शिक्षण भन्न नमिल्ने भन्दै अवस्थीले भने, ‘घरमा बोलिने भाषा विद्यालयमा पढाइ नहुँदा बालबालिकाको शिक्षण सिकाइ प्रभावकारी प्रभावकारी हुन नसेको हो । जबसम्म आफ्नो मातृ भाषाको संरक्षण हुँदैन तबसम्म देश विकास हुँदैन ।’

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ११ : ०७ बजे

कारागारमा झडपपछि कैलालीका सीडीओ मन्त्रालय तानिए

काठमाडाैं । कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई गृह

जटिल नीतिगत संरचनामा सुधार ल्याउनुपर्छ : मन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जटिल

चितवनका तीन जनामा देखियो जापानिज इन्सेफलाइटिस

चितवन– सन् २०२५ मा हालसम्म चितवनका तीन जनामा जापानिज इन्सेफ्लाइटिस

एक वर्षे उपलब्धिको फेहरिस्त सुनाउँदै प्रधानमन्त्रीले भने- कुरा काट्ने काटिरहुन्, सरकार काम गर्दैछ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलले आफू नेतृत्वको सरकार बनेपछिको १४