भाषा आयोगले भन्यो -‘कक्षा १ देखि ५ सम्म मातृभाषा पढाऔँ’ « Khabarhub

भाषा आयोगले भन्यो -‘कक्षा १ देखि ५ सम्म मातृभाषा पढाऔँ’


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – भाषा आयोगले प्रत्येक सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्मका बालबालिकालाई मातृभाषामा शिक्षण हुनुपर्ने बताएको छ ।

भाषा आयोगका अध्यक्ष तथा प्राध्यापक डा लवदेव अवस्थीले नेपालको संविधानमै माध्यमका रूपमा मातृभाषा शिक्षाको व्यवस्था गरेको बताए । उनले भने, ‘हरेक बालबालिकाको लागि घरमा आमाले बोल्ने भाषामा शिक्षण सिकाइ हुनुपर्छ । यसका लागि सबै स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्मा‍ण गर्न आवश्यक छ ।’

उनका अनुसार कुनै कुनै विद्यालयमा स्थानीय पठनपाठन भइरहेको छ । तर, यसको प्रभावकारिता माथि प्रश्न चिह्न उठ्नु स्वाभाविक रहेको र कुनै भाषा पढाइ हुनुलाई मात्रै मातृभाषा शिक्षण भन्न नमिल्ने भन्दै अवस्थीले भने, ‘घरमा बोलिने भाषा विद्यालयमा पढाइ नहुँदा बालबालिकाको शिक्षण सिकाइ प्रभावकारी प्रभावकारी हुन नसेको हो । जबसम्म आफ्नो मातृ भाषाको संरक्षण हुँदैन तबसम्म देश विकास हुँदैन ।’

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ११ : ०७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन