गणतन्त्र दिवसमा उदयपुरका ७ कैदी जेलमुक्त « Khabarhub

गणतन्त्र दिवसमा उदयपुरका ७ कैदी जेलमुक्त


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– सरकारले  विभिन्न मुद्दामा कैदीबन्दी जीवन बिताइरहेका जिल्ला कारागार शाखा उदयपुरका सात जनालाई गणतन्त्र दिवसको अवसरमा कैद सजाय मिनाहा गरेको छ ।

जिल्ला कारागार शाखा उदयपुरका अनुसार गणतन्त्र दिवसमा विभिन्न आरोपमा कैदी जीवन बिताउँदै गरेका सात जनाको बाँकी सजाय मिनाहा गरिएपछि उनीहरू रिहा भएका हुन ।

गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपतिबाट कैदीका सजाय मिनाहा गर्ने प्रचलनअनुसार उनीहरूको बाँकी सजाय मिनाहा भएको कारागार प्रमुख (जेलर) कामु शाखा अधिकृत डिगमबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार सजाय मिनाहा पाउनेमा कर्तव्य ज्यानका दुई पुरुष, सवारी ज्यानका दुई, सवारी ज्यान र अंगभंगको दोषीमा जेल परेका एक तथा चोरी र ज्यान मार्ने उद्योगमा कसुर ठहरिएका एक एक जना रहेको जनाएका छन ।

साविक भलायडाँडा गाविस– ९ अहिले उदयपुरगढी गाउँपालिका– ७ का देवेन्द्र भन्ने ४५ वर्षीय देवबहादुर अधिकारी, साविक लेखगाउँ गाविस-४ भई हाल ताप्ली गाउँपालिका–२ का रमेश भन्ने ४६ वर्षीय हरिबहादुर श्रेष्ठ रहेका छन् ।  सवारी ज्यान आरोपका कैदी सिराहा लहान नगरपालिका– ५ लाहान स्थायी बसोबास गर्ने २१ वर्षीय विनोद गुप्ता र सवारी ज्यानकै कैदी खोटाङ जन्तेढुंगा गाउँपालिका-४ का २३ वर्षीय दिनेश थापा  छन्  । सवारी ज्यान र अंगभंगको आरोपमा कैदी  साविक ताम्लिछा गाविस अहिले लिम्चुङबुङ गाउँपालिका–२ का ३० वर्षीय सन्तोषकुमार खत्रीको बाँकी सजाय मिनाहा भएका हुन् ।

चोरी अभियोगका कैदी त्रियुगा नगरपालिका-११ गाईघाटका २६ वर्षीय सञ्जयकुमार चौधरी र ज्यान मार्ने उद्योगका कैदी रौतामाई गाउँपालिका– ७ का नवीन भन्ने खम्बसिंह परियारले बाँकी सजाय छुट पाएको छ । उनीहरूलाई गृह मन्त्रालय, स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको पत्रानुसार कारागार मुक्त गरिएको जेलर कार्कीले बताए । प्राप्त पत्रानुसार बाँकी सजाय छुट पाएका सातै कैदीलाई गणतन्त्र दिवसका दिन कारागार मुक्त गरेर बिदाइ गरिएको कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  १२ : २३ बजे

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी

प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

बागलुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

काठमाडौं – धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको मनमैजुमा जात्रा

सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

इलाम – लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने

स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

काठमाडौं – सरकारले जारी गरेको शासकीय सुधारअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या