गणतन्त्र दिवसमा उदयपुरका ७ कैदी जेलमुक्त « Khabarhub

गणतन्त्र दिवसमा उदयपुरका ७ कैदी जेलमुक्त


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– सरकारले  विभिन्न मुद्दामा कैदीबन्दी जीवन बिताइरहेका जिल्ला कारागार शाखा उदयपुरका सात जनालाई गणतन्त्र दिवसको अवसरमा कैद सजाय मिनाहा गरेको छ ।

जिल्ला कारागार शाखा उदयपुरका अनुसार गणतन्त्र दिवसमा विभिन्न आरोपमा कैदी जीवन बिताउँदै गरेका सात जनाको बाँकी सजाय मिनाहा गरिएपछि उनीहरू रिहा भएका हुन ।

गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपतिबाट कैदीका सजाय मिनाहा गर्ने प्रचलनअनुसार उनीहरूको बाँकी सजाय मिनाहा भएको कारागार प्रमुख (जेलर) कामु शाखा अधिकृत डिगमबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार सजाय मिनाहा पाउनेमा कर्तव्य ज्यानका दुई पुरुष, सवारी ज्यानका दुई, सवारी ज्यान र अंगभंगको दोषीमा जेल परेका एक तथा चोरी र ज्यान मार्ने उद्योगमा कसुर ठहरिएका एक एक जना रहेको जनाएका छन ।

साविक भलायडाँडा गाविस– ९ अहिले उदयपुरगढी गाउँपालिका– ७ का देवेन्द्र भन्ने ४५ वर्षीय देवबहादुर अधिकारी, साविक लेखगाउँ गाविस-४ भई हाल ताप्ली गाउँपालिका–२ का रमेश भन्ने ४६ वर्षीय हरिबहादुर श्रेष्ठ रहेका छन् ।  सवारी ज्यान आरोपका कैदी सिराहा लहान नगरपालिका– ५ लाहान स्थायी बसोबास गर्ने २१ वर्षीय विनोद गुप्ता र सवारी ज्यानकै कैदी खोटाङ जन्तेढुंगा गाउँपालिका-४ का २३ वर्षीय दिनेश थापा  छन्  । सवारी ज्यान र अंगभंगको आरोपमा कैदी  साविक ताम्लिछा गाविस अहिले लिम्चुङबुङ गाउँपालिका–२ का ३० वर्षीय सन्तोषकुमार खत्रीको बाँकी सजाय मिनाहा भएका हुन् ।

चोरी अभियोगका कैदी त्रियुगा नगरपालिका-११ गाईघाटका २६ वर्षीय सञ्जयकुमार चौधरी र ज्यान मार्ने उद्योगका कैदी रौतामाई गाउँपालिका– ७ का नवीन भन्ने खम्बसिंह परियारले बाँकी सजाय छुट पाएको छ । उनीहरूलाई गृह मन्त्रालय, स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको पत्रानुसार कारागार मुक्त गरिएको जेलर कार्कीले बताए । प्राप्त पत्रानुसार बाँकी सजाय छुट पाएका सातै कैदीलाई गणतन्त्र दिवसका दिन कारागार मुक्त गरेर बिदाइ गरिएको कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  १२ : २३ बजे

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मोरङ– १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-१ कोलबोटे बस्ने

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट