प्लानिङ ब्वाईजको ९औँ जित, झापा र वीरगंज भिड्दै « Khabarhub

प्लानिङ ब्वाईजको ९औँ जित, झापा र वीरगंज भिड्दै


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहीद स्मारक सी डिभिजन लिगमा प्लानिङ ब्वाईज युनाईटेडले ९औँ जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बिहान भएको खेलमा प्लानिङले समाज कल्याण केन्द्रलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

प्लानिङको जितमा फागु राम थारूले २ र अर्जुन कुमार रानाले १ गोल गरे । फागु रामले खेलको १८औँ मिनेटमा गोल गर्दै प्लानिङलाई अग्रता दिलाए । खेलको ४२ औँ मिनेटमा फागु रामले दोस्रो गोल गर्दै प्लानिङको अग्रतालाई दोब्बर बनाए ।

खेलको ६८ औँ मिनेटमा समाज कल्याणले भोगेको आत्मघाती गोलका कारण प्लानिङको खातामा १ गोल थपियो । खेलको ८१ औँ मिनेटमा अर्जुन कुमारले प्लानिङको लागि चौथो गोल गरे । प्लानिङका लोकेश चौधरी  म्यान अफ द म्याच’ घोषित भए ।

झापा फुटबल क्लब र वीरगंज युथ एकेडेमी दिउँसो पौने १ बजे आमने-सामने हुनेछन् । झापा १० औँ जितको खोजीमा छ भने वीरगंज दोस्रो जित निकाल्न चाहन्छ । २८ अंकसहित झापा तालिकाको दोस्रो स्थानमा छ भने ५ अंकसहित वीरगंज १३ औँ स्थानमा छ ।

स्वयम्भू क्लब र सानेपा क्लब भने दिउँसो ४ बजे भिड्नेछन् । स्वयम्भू तेस्रो जितको खोजीमा छ भने सानेपा छैंटौँ जित निकाल्न चाहन्छ । ९ अंकसहित स्वयम्भू १२ औँ स्थानमा छ भने १७ अंकसहित सानेपा छैंटौँ स्थानमा छ ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  १२ : ३२ बजे

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी

प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

बागलुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

काठमाडौं – धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको मनमैजुमा जात्रा

सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

इलाम – लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने

स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

काठमाडौं – सरकारले जारी गरेको शासकीय सुधारअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या