प्लानिङ ब्वाईजको ९औँ जित, झापा र वीरगंज भिड्दै « Khabarhub

प्लानिङ ब्वाईजको ९औँ जित, झापा र वीरगंज भिड्दै


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहीद स्मारक सी डिभिजन लिगमा प्लानिङ ब्वाईज युनाईटेडले ९औँ जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बिहान भएको खेलमा प्लानिङले समाज कल्याण केन्द्रलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

प्लानिङको जितमा फागु राम थारूले २ र अर्जुन कुमार रानाले १ गोल गरे । फागु रामले खेलको १८औँ मिनेटमा गोल गर्दै प्लानिङलाई अग्रता दिलाए । खेलको ४२ औँ मिनेटमा फागु रामले दोस्रो गोल गर्दै प्लानिङको अग्रतालाई दोब्बर बनाए ।

खेलको ६८ औँ मिनेटमा समाज कल्याणले भोगेको आत्मघाती गोलका कारण प्लानिङको खातामा १ गोल थपियो । खेलको ८१ औँ मिनेटमा अर्जुन कुमारले प्लानिङको लागि चौथो गोल गरे । प्लानिङका लोकेश चौधरी  म्यान अफ द म्याच’ घोषित भए ।

झापा फुटबल क्लब र वीरगंज युथ एकेडेमी दिउँसो पौने १ बजे आमने-सामने हुनेछन् । झापा १० औँ जितको खोजीमा छ भने वीरगंज दोस्रो जित निकाल्न चाहन्छ । २८ अंकसहित झापा तालिकाको दोस्रो स्थानमा छ भने ५ अंकसहित वीरगंज १३ औँ स्थानमा छ ।

स्वयम्भू क्लब र सानेपा क्लब भने दिउँसो ४ बजे भिड्नेछन् । स्वयम्भू तेस्रो जितको खोजीमा छ भने सानेपा छैंटौँ जित निकाल्न चाहन्छ । ९ अंकसहित स्वयम्भू १२ औँ स्थानमा छ भने १७ अंकसहित सानेपा छैंटौँ स्थानमा छ ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  १२ : ३२ बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन