मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ  « Khabarhub

मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ 


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–८ स्थित एक रेष्टुरेन्टमा काम गरी बस्ने २५ वर्षीय सुरज कुमार साह, वीरगञ्ज महानगरपालिका–१६ फूलबारी टोल डेरा गरी बस्ने ३५ वर्षीय हरिचन्द्रनाथ योगी र वीरगञ्ज महानगरपालिका–१६ स्थित कार्की होटलकी सञ्चालिका ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की) रहेका छन् ।  प्रहरीका अनुसार सुरज कुमार साहले जेठ ५ गते काठमाडौं बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगन्ज लगेका थिए ।  वीरगञ्जको बसपार्कस्थित एक होटलमा लगी ती युवतीलाई उनले पटकपटक करणी गरेका थिए । 

त्यसपछि जेठ ९ गते वीरगन्ज महानगरपालिका–१६ स्थित कार्की होटलकी सञ्चालिका लक्ष्मी बुढाथोकीको जिम्मा लगाई उनी फरार भएका थिए ।  जेठ १० गते लक्ष्मी बुढाथोकीले ‘विवाह गर्छ’ भनी झुक्याई हरिचन्द्रनाथ योगीको साथमा युवतीलाई पठाएकी थिइन् । त्यसपछि योगीले पीडितलाई आफ्नो कोठामा लगी मानसिक र शारीरिक यातना दिई पटकपटक जबरजस्ती करणी गरेको अनुसन्धानमा खुलेको छ । 

उक्त घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगन्ज महानगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।  उनीहरू उपर जबरजस्ती करणी रk मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  १ : ०२ बजे

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०