नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णयमा बालेनको हस्ताक्षर « Khabarhub

नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णयमा बालेनको हस्ताक्षर


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले उनले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।

पदभार ग्रहणपछि उनले आफूले महानगरपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्। निर्वाचनपछि कार्यपालिकाको प्रथम बैठक आजै दिउँसो ४ बजेका लागि बोलाइएको छ।

मेयर शाहले भने, ‘२–४ दिनअघि नै हामीले खादा, माला, अन्तर्वार्ता र सेलिब्रेसन फोहोरको व्यवस्थापन नभएसम्म नगर्ने भनेका छौं। हामीले गरेको पापको भारी सिसडोलबासीले भोग्दै हुनुहुन्छ। उहाँहरू क्यान्सर पीडित हुनुभएको छ, छालाको रोग लागेको छ। मानिस मरिरहनुभएको छ। यो शोक मनाउने बेला हो। फोहोरको व्यवस्थापन नहुन्जेल र सिसडोलबासीले स्वच्छ वातावरण र हावामा बस्ने र पानी पिउने वातावरण नहुन्जेल अरु काम हुँदैन।’

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  १ : ३८ बजे

प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

बागलुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

काठमाडौं – धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको मनमैजुमा जात्रा

सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

इलाम – लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने

स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

काठमाडौं – सरकारले जारी गरेको शासकीय सुधारअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या

वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक

काठमाडौं – वैदेशिक रोजगार विभागले नेपालीलाई विदेश पठाउँदा ठगी गरेको