जुम्लाका यार्सा पाटनमा भिडभाड, गाउँ बस्ती रित्तै « Khabarhub

जुम्लाका यार्सा पाटनमा भिडभाड, गाउँ बस्ती रित्तै


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाका स्थानीय यार्सागुम्बा संकलन गर्न पाटनतर्फ लागेका छन् । यहाँका बासिन्दाको मुख्य आर्थिक स्रोत यार्सागुम्बा संकलन सिजन सुरु भएपछि जुम्लाका अधिकांश ग्रामीण बस्ती रित्तिएका छन भने पाटन जानेको लर्को लागेको छ । 

यार्सागुम्बा संकलनको लागि  तातोपानी, गुठीचौर, तिला, पातारासीलगायत ग्रामीण क्षेत्रका सर्वसाधारण पाटनतर्फ जाने गरेका छन् । १ जेठबाट जुम्ला पातारासी क्षेत्रका युवा मात्रै होइन युवायुवती र वृद्धवृद्धासम्म बच्चा बोकेर  पाटनतर्फ लागेका हुन् ।

स्थानीय तह निर्वाचन सकिएलगत्तै सबै युवायुवती, वृद्धवृद्धा पाटनतिर गएको पातारासी गाउँपालिका-२ तल्फिका ५९ वर्षीय भैरव बोहोराले बताए । उनले भने, १८ वर्षभन्दा माथि ५० वर्षमुनिका सबै स्थानीयवासी यार्सागुम्बा संकलन गर्न गएका छन् । तल्फी हुरीमहरी पेरे गडिगाउँ चौर छुमगाउँ सबैका  घरमा ताला लगाएर गएका छन् ।

खेतीपाती खासै नभएकाले यसले वर्षभरि खान नपुग्ने उनले बताए । यसले गर्दा स्थानीयवासीको मुख्य जीविकोपार्जनको  स्रोत नै जडिबुटी हो ।  घरको उत्पादनले  बाह्रै  महिना खाना पुग्दैन । घर खर्चदेखि बालबच्चालाई  स्कुल पढाउन लेखाउन, लुगाफाटो किन्न समेत यार्सा संकलन गर्न जानुको  विकल्प छैन । बोहोराले भने, मकै, आलु, कोदो, चिन्नु गोडमेल  र घरायसी सबै  काम महिलाले गर्दछन् । घरको सबै  समान जोहो गर्न यार्साकै भर पर्नु पर्ने अवस्था छ ।

यार्सा टिप्न गएका सबै फर्किँदैन 
गाउँमा रोजगारीको कुनै उपाय नहुँदा जीविकोपार्जनका लागि यार्सा टिप्न पाटन  जानेमध्ये लेक लागेर बीचबाटोमै मृत्यु हुने समेत गरेको छ । ‘कसैले आम्दानी गरेर आउँछन्, कसैको ज्यानै गुमाउँछन्’ । पातारासी-२ का  ६८ वर्षीय कालीबहादुर सार्कीले भने, बढ्दो गरिबी र बेरोजगारीको कारणले ज्यानको बाजी राखेर यार्सा संकलन गर्न जाने गर्छन । यार्सा  टिप्न सक्नेले ५० हजारदेखि चार लाख सम्म  कमाउँछन् ।’ कोही उल्टै ऋण थपेर आँउछन् । उनले थपे  यो एउटा ठुलो युद्ध जित्नु र हार्नु बराबर मानिन्छ । प्रत्येक वर्ष पातारासीका मात्रै होइन जुम्लाका अधिकांश नागरिक  ज्यान बाजी राखेर   पाटन जाने गरेका छन् । 

पाटन जानुअघि देवताको भाकल 
पातारासीका कालीबहादुर सार्कीका अनुसार हिन्दुधर्म परम्पराअनुसार पाटन जाने अघिल्लो दिन घरमा धामीझाँक्री बोलाएर देवता भाकल गरिन्छ । त्यही धामीले  दिन दिए अनुसार  पाटन जाने गरेका हुन्छन । धामीले  घर छोडेर जाने दिन, शुभ  छ अथवा अशुभ छ सबै जानकारी दिन्छन् । कतिपय धामीझाँक्रीका विश्वासले घरमै रोकिने गर्छन् । देवतासँग दिन मागेर जाने गरेको भएपछि पाटनमा हुने अक्सिजन अभावले (लेक) लागेर  मर्ने गरेका छन् ।  

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  २ : १४ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा