लाइसेन्सका लागि हालसम्म परेको पाँच लाख ७२ हजार आवेदन रद्द, आजदेखि नयाँ प्रणाली  | Khabarhub Khabarhub

लाइसेन्सका लागि हालसम्म परेको पाँच लाख ७२ हजार आवेदन रद्द, आजदेखि नयाँ प्रणाली 


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । हालसम्म परेका पाँच लाख ७२ हजारभन्दा बढी आवेदनहरू रद्द गरिएको विभागले जनाएको छ । पुराना आवेदन बन्द गर्दै नयाँ प्रणालीमार्फत आवेदन दिने व्यवस्था मिलाएको छ । नयाँ सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि applydi.dotm.gov.np मा लगईन गरी नयाँ आवेदन फाराम भर्न सकिनेछ । नयाँ तथा वर्ग थप गर्न हालसम्म परेका सबै अनलाइन आवेदन रद्द गरी नयाँ प्रणालीको गर्न लागिएको विभागले जनाएको छ ।  

सोमबार बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु हुन लागेको विभागले जनाएको छ । वर्ग थप गराउन चाहनेका लागि अर्को हप्ताको सोमबारबाट मात्रै खुला गरिनेछ । कोरोना महामारीका कारण लामो समय परीक्षा रोकिँदा पछिल्लो समय अत्यधिक चाप देखिएको छ । विभिन्न कार्यालयमार्फत यसअघि फारम भरेकाहरूको पालो आउन तीन वर्षसम्म पनि कुर्नुपर्ने अवस्था थियो ।

चाप अत्यधिक बढेपछि विभागले गत चैतदेखि आवेदन प्रणाली नै बन्द गरेको थियो । त्यो अवधिमा पाँच लाख ७२ हजार आवेदन परेको थियो । विभागले नयाँ प्रणालीअनुसार ४ जेठबाटै लागू गर्ने घोषणा गरेको थियो । तर, प्राविधिक समस्या आएका कारण उक्त मितिमा लागू गर्न सकिएको थिएन । 

 

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  २ : २६ बजे

संसद्‍मा योगेश भट्टराईको प्रश्न- विपिन जोशीलाई किन स्वदेश फर्काउन सकेनौँ

काठमाडौं– सत्ता साझेदार नेकपा एमालेका सांसद योगेश भट्टराईले इजरायल अध्ययनका

चाडमा झडपबाट हुँदा १७ जनाको मृत्यु

एजेन्सी– चाडको माईयो-कब्बी वेस्ट प्रान्तको ओरेगोमेल गाउँमा बिहीबार साँझ भएको

लालीघाटमा हाट भर्न को जाला अब ?

सुर्खेत – गाउँ गाउँमा सडक पुगेसँगै राजमार्ग छेउमा रहेका ठूला

पोखराबाट ८२ तोला अवैध सुनसहित दुई जना पक्राउ

पोखरा- पोखरामा झन्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सुनसहित दुई

रास्वपाको अवरोधबीच संसद् सञ्चालन गरिएकोप्रति माओवादीको आपत्ति

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले रास्वपा र राप्रपाको