रक्सी पिएर सवारी चलाएको भन्दै पक्राउ परेका अमेरिकी सभामुखका पति रिहा « Khabarhub

रक्सी पिएर सवारी चलाएको भन्दै पक्राउ परेका अमेरिकी सभामुखका पति रिहा


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीका पति पाउल पेलोसी पक्राउ परेका छन् । मदिरा पिएर  गाडी चलाएको आरोपमा उनी पक्राउ परेको क्यालिफोर्निया राज्यको नापा काउन्टी क्रिमिनल जस्टिस नेटवर्कको पब्लिक बुकिङ रिपोर्टमा उल्लेख छ । 

पाउल नापा काउन्टीबाट शनिबार मध्यरातमा पक्राउ परेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । केही घन्टापछि उनलाई जेल चलान गरिएको थियो ।

उनलाई दुईवटा मुद्दामा जेल पठाइएको जनाइएको छ । उनको रगतमा शून्य दशमलब शून्य ८ प्रतिशत अल्कोहल भेटिएको थियो ।

पब्लिक बुकिङ रिपोर्टका अनुसार पाउल पेलोसी पाँच हजार डलरमा जमानतमा आइतबार बिहान रिहा भएका थिए । पाउलका विषयमा सभामुख पेलोसीले कुनै टिप्पणी गरेकी छैनन् ।

सान फ्रान्सिस्को निवासी ८२ वर्षीय पाउल पेलोसीले सन् १९६३ मा न्यान्सी पेलोसीसँग विवाह गरेका छन् । उनीहरूका पाँच सन्तान छन् । 

 

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  २ : ३४ बजे

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

एजेन्सी- इरानविरुद्ध सञ्चालन गरिएको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा

बाढीमा क्षतिग्रस्त त्रिशूलीका झोलुङ्गे पुल मर्मत थालियो (तस्बिरहरू)

नुवाकोट– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

हराउँदै हो त सुकुल भोज ?

भक्तपुर– नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित

माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने