छिटो पसल खोल्ने वातावरण मिलाउन रत्नपार्कका व्यवसायीकाे माग « Khabarhub

छिटो पसल खोल्ने वातावरण मिलाउन रत्नपार्कका व्यवसायीकाे माग


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको रत्नपार्कमा रहेको सहरी सेवा केन्द्रमा व्यवसाय गर्दै आइरहेका व्यवसायीहरूले व्यवसाय गर्न दिन माग गरेका छन् । काठमाडौं महानगरपालिकाले ताला लगाइदिएको भन्दै उनीहरुले छिटोभन्दा छिटो पसल खोल्न पाउनुपर्ने माग गरेका हुन् ।

कार्त्तिकदेखि महानगरका नगर प्रहरीले व्यवसाय बन्द गराई सामान नियन्त्रणमा लिएको उनीहरूको आरोप छ । चैत २०७८ मा नगरप्रहरीले व्यवसायीहरूको सटरमा ताला लगाए भने जेठमा प्रमुख गेट समेतमा ताला लगाइदिएका छन् ।

व्यवसायी रमेश चौलागाईँका अनुसार पहिलो ठेक्का महानगरले कञ्चन ट्रेडिङलाई सञ्चालन गर्ने दिएको थियो । सम्झौता सकेको दिन महानगरका कर्मचारी आएर भाडा महानगरको खातामा हाल्न लगाइ पसल निरन्तर सञ्चालन गर्न दिएको उनले बताए ।

उनले भने, ‘हामीहरूको लाखौँ मूल्य बराबरको सामान महानगरले नियन्त्रणमा लिएर राखेको छ । हामी मर्कामा परेका छौं । हामीले व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ । महानगरको भाडा कति हो हामी तिर्न तयार छौं ।’

अर्का व्यापारी विना श्रेष्ठ भन्छिन्, मैले किराना पसल सञ्चालन गरेकी थिएँ । सामान सबै कुहिसक्यो होला । महानगरले कम्तीमा भाडा समायोजन गरेर पसल खोल्न दिनुपर्ने हो । तर, व्यवसायीको दुःख कसले बुझ्ने ?’

महानगरपालिकाले रत्नपार्क, खुलामञ्चको दक्षिणतर्फ रहेको सहरी सेवा केन्द्र र वीर अस्पताल अगाडि रहेको शौचालयसहितका तीनवटा संरचनाहरुमा बोलकबोलमार्फत २०७३ सालमा दुईजना ठेकदारहरुलाई सञ्चालन गर्न सम्झौता गरेको थियो ।

खुलामञ्चको दक्षिणतर्फको सहरी सेवा केन्द्र र वीर अस्पताल अगाडिको पुरानो शौचालयको सम्झौता २०७८ असार मसान्तमा समाप्त भएसँगै १ साउनमा काठमाडौं महानगरपालिकाले भत्काइसकेको छ ।

रत्नपार्कतर्फको सहरी सेवा केन्द्रको सम्झौता भने ५ असोजमा सकिए पनि महानगरको बेवास्ताले ठेकेदार माधवप्रसाद काफ्लले व्यवसायीहरूसँग कात्तिकसम्मको भाडा असुलेको पाइएको छ ।

 

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  २ : ४० बजे

दुई मिनेट ढिलो हुँदा भोट हाल्न नपाएका प्रतिनिधि धर्नामा बसे (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको ६ दिनदेखि जारी पहिलो महाधिवेशनको भद्रगोल

स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छौ : मन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुदुरपश्चिम विश्वविद्यालय टीकापुर आङ्गिक

रास्वपा महाधिवेशन : बालेन बीचमै हिँडे, रवि पदाधिकारीलाई भोट हाल्नै आएनन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको ६ दिनदेखि चितवनमा जारी पहिलो महाधिवेशनको

समय सकिएपछि मतदान केन्द्र बन्द, प्रतिनिधिको असन्तुष्टि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी

बिन्दा पाण्डेको प्रश्न- आफ्नो छोराछोरीलाई १६ वर्षमा बिहे गर्ने अनुमति दिनुहुन्छ ?

काठमाडौं– बिहेको उमेर घटाउनुपर्ने विषयमा नेकपा एमालेका नेता डा. बिन्दा