बलात्कार घटनामा हदम्याद हटाउन माग गर्दै प्रतिनिधि सभामा सङ्‍कल्प प्रस्ताव दर्ता « Khabarhub

बलात्कार घटनामा हदम्याद हटाउन माग गर्दै प्रतिनिधि सभामा सङ्‍कल्प प्रस्ताव दर्ता


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधि सभामा बलात्कारसम्बन्धी घटनामा उजुरी दिने हदम्याद हटाउन कानुन संशोधनको माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता भएको छ । 

कांग्रेस सांसदहरू डा. डिला सङ्ग्रौला, प्रमिला राई, रंगमती शाही र सुजाता परियारले प्रस्ताव दर्ता गराएका हुन् । 

२०७५ साल भदौदेखि मुलुकी अपराध संहितामा बलात्कारसम्बन्धी मुद्दामा उजुरी गर्ने हदम्याद एक वर्ष तोकिएको तर समाजको आवश्यकता, बदलिँदो परिवेशलाई हेरेर हदम्यादको विषय परिवर्तन गर्न र बलात्कार हदम्याद नराखी कानुन संशोधन गर्नुपर्ने औँल्याइएको छ । 

बलात्कार पीडितलाई राज्यले निःशुल्क स्वास्थ्य, क्षतिपूर्ति तथा मानसिक उपचार एवं परामर्शको व्यवस्था गर्न पनि माग गरिएको छ । 

बलात्कारसम्बन्धी कानुनलाई थप कडा बनाई बलात्कार पीडितको सुरक्षा तथा पुनर्स्थापनको जिम्मा राज्यले लिन, बलात्कारसम्बन्धी भइरहेको कानुनको पूर्ण कार्यान्वयन गराउँदै आफूमाथि भएको यौन हिंसाविरुद्ध बोल्न महिलाहरूलाई साहस थप्न पनि सङ्कल्प प्रस्ताव सदनमा दर्ता गरिएको भनिएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  २ : ५६ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने