इण्डोनेसियामा डुङ्गा डुब्दा ३१ जनाको उद्धार, ११ अझै बेपत्ता « Khabarhub

इण्डोनेसियामा डुङ्गा डुब्दा ३१ जनाको उद्धार, ११ अझै बेपत्ता


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्डोनेसियाको तटमा खराब मौसममा इन्धन सकिएर डुङ्गा डुबेपछि ३१ जनाको उद्धार गरिएको छ । यद्यपी ११ जना अझै बेपत्ता रहेका एक अधिकारीले सोमबार जानकारी दिएका छन् । 

दक्षिण सुलावेसी प्रान्तमा यात्रा गर्ने क्रममा केएम लाडाङ पेर्तिवी डुङ्गा डुबेपछि स्थानीय टगबोट र माछा मार्नेहरूले धेरैलाई किनारमा ल्याएर उद्धार गरेका बताइएको छ । 

उद्धार गरिएका ती व्यक्तिहरु घर फर्किसकेका र उनीहरूको स्वास्थ्य सामान्य भएको उद्धारकर्ताहरुले बताएका छन् ।  

उद्धारकर्ताहरूले हेलिकप्टर तैनाथ गरेका छन् र बेपत्ताको खोजीमा डुङ्गा डुबेको ठाउँबाट २० समुद्री माइलसम्म खोजी क्षेत्र विस्तार गरेका बताइएको छ । 

हेलिकप्टरसँग यात्रु ओसारपसार गर्ने अनुमति नभएकोले कप्तान र मालिक दुवैलाई सोधपुछका लागि लगिएको छ । सन् २०१८ मा सुमात्रा टापुमा रहेको विश्वको सबैभन्दा गहिरो तालमा डुङ्गा डुबेर १५० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ३ : ०७ बजे

गौशालाबाट लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं– प्रहरीले गौशालाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक