भारतीय कांग्रेसका नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या « Khabarhub

भारतीय कांग्रेसका नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय कांग्रेस पार्टीका नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको गोली हानी हत्या भएको छ । उनको मानसा जिल्लामा गोली हानी हत्या भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् र गोली लागेर अन्य दुई जना घाइते भएको जनाइएको छ । 

पञ्जाब सरकारले  मुस वालासहित ४२४ जनाको सुरक्षा फिर्ता लिएको भोलिपल्ट यो घटना भएको हो । 

पञ्जाबका मुख्यमन्त्री भगवन्त मान नेतृत्वको सरकारले भीआइपी संस्कृतिलाई रोक्न भन्दै उनीहरूको सुरक्षा हटाएको थियो । मुस वाला र उनका दुई साथीहरू पञ्जाबको जवाहर के गाउँमा जिपमा जाँदै गर्दा आक्रमण भएको थियो ।

उनीमाथि ८ देखि १० जनाको समूहमा आएका बन्दुकधारीले ३० राउण्ड गोली प्रहार गरेको भारतीय टेलिभिजन च्यानल एनडीटीभीको अनलाइन संस्करणले जनाएको छ । मुस वाला गाडीको सिटमा ढलिएको र धेरै रगत बगिरहेको अवस्थामा फेला परेका थिए ।

उनलाई अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले यो आक्रमणको जिम्मेवारी क्यानडामा रहेका एक गुण्डाले लिएको जनाएको छ ।

‘उनको हत्यामा लरेन्स बिश्नोई गिरोह संलग्न रहेको जनाइएको छ । ‘गिरोहका सदस्य लक्कीले क्यानडाबाट जिम्मेवारी लिएको छ’ पञ्जाब डीजीपी वीके भवराले भने ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ३ : ४४ बजे

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण