भारतीय कांग्रेसका नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या « Khabarhub

भारतीय कांग्रेसका नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय कांग्रेस पार्टीका नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको गोली हानी हत्या भएको छ । उनको मानसा जिल्लामा गोली हानी हत्या भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् र गोली लागेर अन्य दुई जना घाइते भएको जनाइएको छ । 

पञ्जाब सरकारले  मुस वालासहित ४२४ जनाको सुरक्षा फिर्ता लिएको भोलिपल्ट यो घटना भएको हो । 

पञ्जाबका मुख्यमन्त्री भगवन्त मान नेतृत्वको सरकारले भीआइपी संस्कृतिलाई रोक्न भन्दै उनीहरूको सुरक्षा हटाएको थियो । मुस वाला र उनका दुई साथीहरू पञ्जाबको जवाहर के गाउँमा जिपमा जाँदै गर्दा आक्रमण भएको थियो ।

उनीमाथि ८ देखि १० जनाको समूहमा आएका बन्दुकधारीले ३० राउण्ड गोली प्रहार गरेको भारतीय टेलिभिजन च्यानल एनडीटीभीको अनलाइन संस्करणले जनाएको छ । मुस वाला गाडीको सिटमा ढलिएको र धेरै रगत बगिरहेको अवस्थामा फेला परेका थिए ।

उनलाई अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले यो आक्रमणको जिम्मेवारी क्यानडामा रहेका एक गुण्डाले लिएको जनाएको छ ।

‘उनको हत्यामा लरेन्स बिश्नोई गिरोह संलग्न रहेको जनाइएको छ । ‘गिरोहका सदस्य लक्कीले क्यानडाबाट जिम्मेवारी लिएको छ’ पञ्जाब डीजीपी वीके भवराले भने ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ३ : ४४ बजे

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।