झापा फुटबल क्लब बी डिभिजनमा बढुवा « Khabarhub

झापा फुटबल क्लब बी डिभिजनमा बढुवा


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुरको सातदोबाटोस्थित एन्फ कम्प्लेक्समा जारी शहीद स्मारक सी डिभिजन लिगमा दशौँ जित निकाल्दै झापा फुटबल क्लब बी डिभिजनमा बढुवा भएकोे छ ।

सोमबार दिउँसो भएको खेलमा झापाले वीरगञ्ज युथ एकेडेमीलाई ५–० गोल अन्तरले पराजित गरेर बी डिभिजनमा बढुवा भएको हो ।

झापाको जितमा पुजन राईले ४ र सन्तोष लावतीले १ गोल गरे । पुजनले खेलको १३ औँ मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाए । पुजनले व्यक्तिगत तथा झापाको लागि खेलको ६६ औँ मिनेटमा दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

खेलको ७४ औँ मिनेटमा पुजनले झापाको लागि तेस्रो गोल गर्दै आफ्नो ह्याट्रीक पुरा गरे । खेलको इन्जुरी समयमा सन्तोषले झापाको लागि चौथो गोल गरे ।

त्यसपश्चात झापाको लागि पाँचौँ गोल गर्दै पुजनले व्यक्तिगत चौथो गोल गरे । झापाका पुजन राई म्यान अफ द म्याच घोषित भए ।

१२ खेलमा १० मा जित निकालेको झापा ३१ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । झापाले आजको खेल जितेसँगै एक खेल अगावै नै बी डिभिजनमा बढुवा भएको हो । झापाले आफ्नो अन्तिम खेल स्वयम्भू क्लबसँग खेल्नेछ ।

प्लानिङ ब्वाईज यूनाईटेड र आरसी ३२ फुटबल एकेडेमी भने २८ अंकसहित क्रमशः तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् । अब अन्तिम खेलमा झापा पराजित भए वा आरसी ३२ ले आफ्नो खेल जिते पनि झापा शीर्ष स्थानमा नै रहनेछ ।

झापाले १२ खेलमध्ये १० मा जित, १ मा पराजित भएको र १ बराबरी खेलेको हो । यता, वीरगञ्ज युथ एकेडेमी रेलिगेसनमा परेको छ । ओएसिस क्लब भने महावीर क्लबसँग पराजित भएलगत्तै रेलिगेट भएको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ४ : १४ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको