युक्रेनको सेभरोडोनेट्स्क शहरमा रूसी सेना पस्यो | Khabarhub Khabarhub

युक्रेनको सेभरोडोनेट्स्क शहरमा रूसी सेना पस्यो


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सक्रिय प्रतिरोधका बाबजुद रुसी सेना पूर्वी युक्रेनी सहर सेभेरोडोनेट्स्कको मध्यभागमा पुगेको सो क्षेत्रका क्षेत्रीय गभर्नरले सोमबार बताएका छन् ।

‘रूसीहरू सेरोडोनेट्स्कको बीचमा अघि बढिरहेका छन् । लडाइँ चलिरहेको छ । स्थिति धेरै कठिन छ’ लुहान्स्क क्षेत्रका गभर्नर सर्गिय गाइदायले सामाजिक सञ्जालमार्फत् बताएका छन् ।

युद्धको प्रारम्भिक चरणमा युक्रेनको राजधानी किभमा आक्रमण गरेपनि किभलाई पूर्ण रूपमा कब्जा गर्न नसकेपछि रूसी फौजले पूर्वी डोनबास क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरेको र आफ्नो प्रभाबमा रहेका क्षेत्रहरूलाई सुदृढ पार्ने प्रयास गरिरहेको गभर्नर गाइदायले बताए ।

‘सेभरोडोनेट्स्कको महत्वपूर्ण आधारभूत संरचना ध्वस्त भएको छ र ६० प्रतिशत क्षतिग्रस्त आवासीय भवनहरू पुनः स्थापित गर्न नसकिने गरी ध्वस्त भएका छन्,’ गाइदायले टेलिग्राममार्फत् जारी सन्देशमा भनिएको छ ।

उनले भने, ‘त्यस इलाकाका तीन जना डाक्टरको गाडीमा नराम्ररी क्षति भएको छ भने उनीहरू सम्पर्कबिहीन रहेका छन् ।’ दुई जना स्वयंसेवकलाई गाडी चलाइरहेका समय रूसी फौजले उनीहरूलाई लक्षित गरी आक्रमण गरेको गभर्नरको आरोप रहेको छ ।

रुसीको सेनाको आक्रमणको प्रमुख उद्देश्य रहेको सम्पूर्ण लुगान्स्क क्षेत्र कब्जा गर्ने रूसको मार्गमा रहेका विभिन्न महत्वपूर्ण शहरी केन्द्रहरूमध्ये करिब एक लाख मानिसहरू बसोबास गर्ने सेभेरोडोनेट्स्क एक हो ।

यसअघि रूसी सेनाहरूले त्यस इलाकाको सानो शहर र पहिलेको रेल केन्द्र लिमानलाई कब्जा गरेको र सेभेरोडोनेट्स्क र यसको नजिकैको शहर लिसिचान्स्कमाथि दबाब बढाएको बताएका थिए ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ४ : २२ बजे

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार