‘आफ्नाले दिने उपाधिले सम्मानित महसुस गराउँछ’   « Khabarhub

‘आफ्नाले दिने उपाधिले सम्मानित महसुस गराउँछ’  


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री करिश्मा मानन्धरले आफ्नो मान्छेले दिने उपाधि प्यारो लाग्ने बताएकी छिन् । आउँदो सेप्टेम्बरमा बेलायतमा आयोजना हुने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ को घोषणाका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा करिश्माले आफूले पाएको सदाबहार अभिनेत्रीको ट्यागलाई सम्मानको रुपमा ग्रहण गर्ने गरेको बताइन् । ‘हाम्रै प्राविधिक जो हामीसँग हर समय हुनुहुन्छ । उहाँहरूले दिएको ट्यागलाई मैँले सम्मानको रुपमा लिने गरेकी छु । उहाँहरूकै नेफ्टा अवार्डबाट म जस्तो धेरै अभिनेत्रीहरुको रेड कार्पेटमा हिड्ने सपना पनि पुरा भएको थियो’ उनले भनिन् । 

नेफ्टाका पूर्व अध्यक्ष मनोज केसीकै कम्पनी संगीक्षा फिल्म्स इन्टरटेनमेन्टले नेपालमा व्यवस्थापन गरेर बेलायतमा थर्ड आइले आयोजना गर्न लागेको फिल्म फेस्टिभलमा सहभागी हुन् आफू इच्छुक रहेको समेत करिश्माले बताइन् । ‘नेपाल मात्र नभई विदेशसम्म अवार्ड गर्ने आट मनोजले गरेका छन् । हामीलाई पर्दामा राम्रो देखाउन मेहनत गर्ने मनोज जस्ता प्राविधिकहरूले नेपाली फिल्म विस्तारको लागि आयोजना गर्ने अवार्डमा म सहभागी हुन्छु । म सहभागी भएर नेपाली फिल्मलाई टेवा पुग्छ, नेपाली कला र संस्कृतिको प्रवर्द्धन हुन्छ भने म त्यहाँ हुनु पर्छ’ करिश्माले भनिन् । 

उनले नेपाली फिल्मका लागि बेलायतमा बजार विस्तार गर्न सके राम्रो हुने समेत बताइन् । ‘नेपाली फिल्महरू बेलायतका विभिन्न सहरमा शोहरु हुने गर्छन् । नेपाली फिल्म देखाइने फेस्टिभलले पक्कै दर्शक बढाउने छु करिश्माले भनिन् । अध्यक्ष केसीले ५ दिनसम्म १० वटा चलचित्र प्रदर्शन गरिने जानकारी दिए । ‘हामीले नेपाली पनसहित नेपाली परिवेशको, नेपाललाई चिनाउने फिल्मलाई लन्डनमा देखाउने छौँ । यसले नेपाली फिल्मको बजार विस्तारमा त टेवा पुर्‍याउँछ नै नेपाली कला, संस्कृतिलाई समेत प्रवर्द्धन गर्छु अध्यक्ष केसीले भने । उनले महोत्सवको अन्तिम दिन फिल्मकर्मीहरूलाई सम्मानित समेत गरिने जनाए । थर्ड आईका प्रमुख विकास देवकोटाको सक्रियतामा आयोजना हुन लागेको महोत्सवमा नेपालबाट करिब ४० जनाको हाराहारीमा फिल्मकर्मी, पत्रकार, विज्ञापनदाता तथा विभिन्न क्षेत्रका मानिस  सहभागी हुनेछन् ।  

महोत्सव सेप्टेम्बरमा हुने आयोजकले जानकारी दिएको छ । यसका लागि तयारी सुरु भइसकेको बताइएको छ । आयोजकले अब महोत्सवमा प्रदर्शन गरिने फिल्महरूको छनोट प्रक्रिया सुरु गरिएको बताएको छ । युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण नभएका तर हलमा मात्र रिलिज भएका फिल्महरू मध्येबाट १० वटा फिल्मलाई महोत्सवमा सहभागी गराइनेछ ।

थर्ड आईका नेपाल च्याप्टर प्रतिनिधि हरि सिलवालले फेस्टिभललाई सभ्य र भव्य बनाउने गरी तयारी भइरहेको जानकारी गराएका थिए । महोत्सव घोषणा कार्यक्रममा वरिष्ठ कलाकार निर शाह, नायिका करिश्मा मानन्धर, निरूता सिंह, नायक सरोज खनाल लगायतले शुभकामना दिएका थिए । घोषणा कार्यक्रममा नम्रता सापकोटा, गायक विक्रम जंग शाह, अभिनेता भुवन केसी, चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष सन्दीप सापकोटा, फिल्म लेखक तथा समीक्षक सामिप्य तिमल्सेना, अभिनेता यशराज ग्राच, अभिनेत्री पुजना प्रधान, निर्देशक सम्झना उप्रेती रौनियार, वरिष्ठ फोटोग्राफर विकास रौनियार, गायक यम बराल, कलाकार दमन रूपाखेती, कलाकार सुलेमान शंकर ‘इकु’ लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ४ : ५५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन