तारा एयर दुर्घटना : अध्ययन समिति गठन गर्न प्रचण्डको माग « Khabarhub

तारा एयर दुर्घटना : अध्ययन समिति गठन गर्न प्रचण्डको माग


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २२ जनाको ज्यान जानेगरी सोमबार भएको तारा एयरको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन समिति गठन गर्न माग गरेका छन् ।

पोखराबाट जोमसोमका लागि उठेको तारा एयरको विमान मंगलबार मुस्ताङको थासाङ गाउँपालिका– २ को सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । सो विमान दुर्घटनाबाट तीन चालक दलका सदस्य र १९ जना यात्रुको निधन भएको छ ।

उक्त दुर्घटनाको खबरले आफू मर्माहत भएको बताएका प्रचण्डले निधन भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजन तथा आफन्तजनमासमवेदना प्रकट गरेका छन् ।

शोक वक्तव्य जारी गर्दै प्रचण्डले दुर्घटनाको अनुसन्धान गर्न समिति गठन गर्न माग गरेका हुन् ।

‘यसप्रकारका दुर्घटनाको कारण पत्ता लगाई आवश्यक सावधानी र सचेतना अपनाउन पनि म सम्बन्धित सबैमा अपील गर्न चाहन्छु । यसबाट दुर्घटनाको न्यूनीकरण र जनधनको क्षति कम गर्न सकिने विश्वास लिएको छु । यस दुर्घटनाको अनुसन्धानका लागि एक टोली बनाई सत्यतथ्य जनसमक्ष ल्याउन पनि म सरकारसँग विशेष आग्रह गर्दछु,’ प्रचण्डले भनेका छन् ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ४ : ४० बजे

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

काठमाडौं– मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित भएका छन्

माइडियाले सुरु गर्‍यो टी-२० विश्वकप हेर्न मुम्बई यात्रा जित्ने महाअभियान

काठमाडौं– घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताका लागि एक रोमाञ्चक ग्राहक

माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार राईलाई

काठमाडौं – पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाले स्थापना

कांग्रेस र एमालेप्रति रविको आक्रोश : केटाकेटीको रगत पिएकाहरूले ठूलो कुरा नगरे हुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंगो

पार्टी कार्यालयमा रवि, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय