विमान दुर्घटनाको कारणबारे सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँचबुझ आयोग गठन | Khabarhub Khabarhub

विमान दुर्घटनाको कारणबारे सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँचबुझ आयोग गठन


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन दुर्घटना तथा जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो । आयोगको सदस्यहरूमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने छन् ।

यो समितिलाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश दिइएको छ । मन्त्रिस्तरिय निर्णयअनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको एनेक्स १३ तथा गैर सैनिक हवाई (दुर्घटना जाँच) नियमावली, २०७१ वमोजिम घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना नदोहोरियोस् भन्ने उद्देश्यले गैर सैनिक हवाई (दुर्घटना जाँच) नियमावली, २०७१ को नियम ११ वमोजिम आयोग गठन गरिएको हो ।

आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमान मुस्ताङको थासाङ्ग गाउँपालिका २ सानुसरे भन्ने स्थानमा १४ हजार ५०० फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । जहाजमा २२ जना यात्रु सवार थिए । विमानमा सवार सबैजनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ५ : ०२ बजे

कम्पनी साझेदारका रूपमा रवि लामिछाने पनि सहकारी ठग हुन् : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल

एलओडीमा आउँदै अमेरिकन र्‍यापर लिल पम्प

काठमाडौं – अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका

मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था

बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालदिवसलाई लक्षित गरी