खानेकुराको मूल्य घटाउने पाकिस्तानी प्रधानमन्त्रीको प्रतिबद्धता « Khabarhub

खानेकुराको मूल्य घटाउने पाकिस्तानी प्रधानमन्त्रीको प्रतिबद्धता


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले खैबर पख्तुनख्वाका मुख्यमन्त्री महमुद खानलाई खाद्यान्नको उपलब्धतालाई सामान्य र सुलभ बनाउन निर्देशन दिएका छन् ।

चुनाबी सभालाई सम्बोधन गर्दै उनले राज्य सरकारले आगामी २४ घण्टाभित्र प्रति १० किलोग्राम गहुँको पीठोको मूल्य ४०० रुपैयाँ बनाउन नसकेमा यसका लागि आफूले पहल थाल्ने बताएका छन् ।

आइतबार थाकारा रङ्गशालामा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘म यो प्रतिवद्धता व्यक्त गर्दछु कि यदि राज्य सरकारले खाद्यान्नलाई सुलभ तथा सस्तो बनाउन नसकेमा यसका लागि आफैँले पहल थाल्ने र जनतालाई आफ्नो निजी स्रोत र साधन बेचेर भएपनि आधारभूत खाद्यान्नलाई सस्तोमा उपलब्ध गराइनेछ ।’

पूर्वप्रधानमन्त्री इमरान खानलाई लक्षित गर्दै उनले मुलुकलाई सबैभन्दा बढी मुद्रास्फीति र बेरोजगारीको उपहार दिएको आरोप लगाए ।

प्रधानमन्त्री शहबाजले इमरान खानको नेतृत्वमा भएको सरकारको आलोचना गर्दै खानले गरिबका लागि ५० लाख घर र १० लाख रोजगार प्रदान गर्ने प्रतिज्ञा गरे तापनि यसमा असफल भएको र देशलाई आर्थिक सङ्कटमा धकेलको आरोप लगाए ।

पाकिस्तानी अङ्ग्रेजी पत्रिका डनले प्रधानमन्त्री शहबाजलाई उद्धृत गर्दै लेखेको छ, ‘म पाकिस्तानलाई समृद्धि र विकासको बाटोमा डोर्‍याउनका लागि आफ्नो जीवनको कुनै परवाह नगर्ने तपाईंहरूसामु गम्भीरतापूर्वक घोषणा गर्दछु ।’

बालोचिस्तान को चुनावी अभियानलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नागरिकहरूलाई आफूमाथिको भरोसा गर्दै आफ्नो दलको पक्षमा मतदान गर्न आग्रह गरे ।

उनले प्रजातन्त्र, कानुनी, असल शासनको लागि ३० देखि ३५ प्रतिशत नागरिकले आफ्नो दलको समर्थनमा मतदान गर्ने विश्वास व्यक्त गरे । उक्त अवसरमा चुनावी र्‍यालीमा उनले आफ्ना पिता महम्मद सरिफ र दाजु तथा पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) पार्टीका पूर्व अध्यक्षले राष्ट्र र राष्ट्रियताका लागि गरेको योगदानसमेतको चर्चा गरेका थिए ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ५ : १० बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी