गठबन्धन सरकारको बजेट भाषणमा पनि गोरखा शब्द सुनिएन :  डा.भट्टराई  « Khabarhub

गठबन्धन सरकारको बजेट भाषणमा पनि गोरखा शब्द सुनिएन :  डा.भट्टराई 


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई वर्तमान गठबन्धन सरकारले पनि गोरखा जिल्लालाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा गोरखा जिल्लामा ठूलो बजेट नपरेपछि उनले त्यस्तो आरोप लगाएका हुन् । ‘नेकपा सरकारले ४ बर्षसम्म गोरखामा कुनै नयाँ योजना वा ठुलो बजेट राखेन ।

अहिलेको गठबन्धन सरकारको बजेट भाषणमा पनि गोरखा शब्द सुनिएन !,’ डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । आफूले गोरखाको विकासको लागि जति कराए पनि सरकारले नसुनेको उनले बताएका छन् ।

‘वेनीघाट–आरूघाट–लार्के सडक, पालुंगटार एयरपोर्ट, ऐतिहासिक–धार्मिक पर्यटन सर्किट, औद्योगिक क्षेत्र, जडीबुटी केन्द्र, कृषि परियोजना, शैक्षिक केन्द्र आदिवारे कराइयो ! खै ?,’ उनले भनेका छन् ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ५ : २१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।