खुल्यो ‘मोडल हन्ट नेपाल २०२२’ को आवेदन  « Khabarhub

खुल्यो ‘मोडल हन्ट नेपाल २०२२’ को आवेदन 


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सौन्दर्य प्रतियोगिता  ‘मोडल हन्ट नेपाल’ को सातौँ संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले आइतबार हिजो एक विज्ञप्ति जारी गर्दै ‘मोडल हन्ट नेपाल २०२२’  का लागि आवेदन खुल्ला भएको जनाएको हो । १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा युवाको हकमा कम्तिमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तिमा ५ फिट २ इन्च उचाइ हुनुपर्ने प्रावधान राखेको छ । आवेदन फर्म खल्ती एपबाट पनि भर्न सकिनेछ ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ७ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षणसमेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।प्रतियोगिताको अडिसन आगामी ४ असारदेखि साउनको अन्तिम सातासम्म हुनेछ । अडिसनबाट छानिएका प्रतियोगीले मात्र फाइनलमा सहभागी हुन पाउनेछन् ।

फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ ।  प्रतियोगिताको विजेताले शीर्ष उपाधिका साथमा नगद ५ लाख बराबर उपहारसहित १ देखि १५ सेप्टेम्बरसम्म थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता  ‘सुपर मोडल इन्टरनेसनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । विजेताले विज्ञापन, म्युजिक भिडियो अभिनय अवसरको अलावा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सोमा पनि सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ५ : ४१ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको