सामाजिक कथामा ‘आँखा’ बन्ने घोषणा  « Khabarhub

सामाजिक कथामा ‘आँखा’ बन्ने घोषणा 


१६ जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक कथामा बन्न लागेको फिल्म ‘आँखा’ औपचारिक घोषणा भएको छ । जौन योञ्जनको निर्देशनमा बन्न लागेको फिल्मको राजधानीमा आयोजित एक कार्यक्रमकाबीच निर्माण घोषणा गरिएको हो । फिल्ममा समावेश कलाकार तथा प्राविधिक टिम पनि सार्वजनिक भएका छन् । निर्देशक योञ्जनकै कथा, पटकथा रहने फिल्ममा आरके मेहता, अस्मिता लामिछाने, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभय बराल, सरोज लामिछाने, मोहन अभिलाषी मुख्य भूमिकामा रहनेछन् ।

No description available.

कार्यक्रममा बोल्दै निर्देशक योञ्जनले ‘आँखा’ ले कुनै व्यक्तिदेखि समाजसम्मकै वास्तविकता देख्ने भन्दै नेपाली समाजको एक पाटोको यथार्थता यो फिल्मले बोल्ने बताए । कथाको बारेमा नखुलेका योञ्जनले टिम राम्रो बनेको भन्दै उत्कृष्ट प्रस्तुति दर्शकमाझ ल्याउने र आँखाबाट दर्शकलाई शीतलता प्रदान गर्न कुनै कन्जुस्याइँ नगर्ने बताए । नेपाली फिल्ममा हराउँदै गएको पर्फमिङ आर्टलाई यो फिल्मले फर्काउने विश्वास उनको छ ।

अभिनेत्री निशा अधिकारीले पछिल्लो वर्ष आफूले नयाँ भिजन र क्रियशन भएका मेकरहरुसँग काम गर्न पाएको भन्दै ‘आँखा’ पनि त्यसैको निरन्तरता रहेको बताइन् । निशाले एउटा भेटमै स्क्रिप्ट चित्त बुझेपछि यो फिल्म गर्न तयार भएको भन्दै मेहनती टिम रहेकोले फिल्म राम्रो बन्नेमा आशा व्यक्त गरिन् । 

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ५ : ४७ बजे

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनता भेट्न मन्त्री जानुपर्छ : भूमिमन्त्री

चितवन– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

अर्घाखाँची– हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि दिइँदै

रसुवा– नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका

तीन वर्षमा आठ प्रमुख शहरमा क्रिकेट रंगशाला निर्माण हुन्छ : मन्त्री लम्साल

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले मुलुकका आठ

बबरमहलको आकाशे पुल सञ्चालनमा ल्याइँदै

काठमाडौँ– काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने