कारोबारको पहिलो दिन नेप्सेमा उच्च अङ्कको गिरावट « Khabarhub

कारोबारको पहिलो दिन नेप्सेमा उच्च अङ्कको गिरावट


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारको सुधारका सन्दर्भमा केही नीतिगत विषय समावेश भए पनि बजारले भने सकारात्मक सङ्केत गरेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५०.३३ अङ्कले ओरालो लागेर दुई हजार १७३.४४ मा ओर्लिएको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.३३ अङ्कले ओरालो लागेर ४२२.७४ मा ओर्लेको छ ।

कूल २२७ कम्पनीको ३४ लाख ५६ हजार ५२९ कित्ता शेयर रु एक अर्ब ३३ करोड ८८ लाख ५६ हजार २८२ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा गिरावट देखिएको छ । बैंकिङ ३१.५१, व्यापार ६२.११, होटल तथा पर्यटन ३८.९८, विकास बैंक ९७.५१, जलविद्युत् ६७.१३, वित्त ३९.१३, निर्जीवन बीमा २४८.९५, उत्पादन १२७.६, अन्य ४६.८५, लघुवित्त ७१.५९, जीवन बीमा ३०६.६९, सामूहिक लगानी कोष ०.३२ र लगानी १.६ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु चार करोड ९६ लाख ३८ हजार ९७५ बराबरको कारोबार भयो । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर रु चार करोड ४१ लाख ५४ हजार २३३, हिमालयन डिस्टिलरी रु चार करोड २३ लाख ३६ हजार ९३९, एनआइसी एसिया बैंक रु चार करोड दुई लाख आठ हजार ६१८ र नबिल बैंक रु तीन करोड ९४ लाख ७२ हजार ९७८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।

त्यस्तै, बलेफी हाइड्रोपावर ९.९९, उपकार लघुवित्त ८.२३, गणपति लघुवित्त ३.०९, नेपाल एसबिआई बैंकको ऋणपत्र २ र सानिमा लार्ज क्यापका लगानीकर्ताले १.९७ प्रतिशतले कमाए । त्यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंक ९.९९, ज्योति विकास बैंक ७.३६, लाइफ इन्स्योरेन्स कर्पोरेशन ७.२७, मल्टीप्रपोज फाइनान्स कम्पनी ६.०७ र युनाइटेड इदी मर्दी हाइड्रोपावरका लगानीकर्ताले ६.०२ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ६ : ३३ बजे

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित

मधेस सम्झौताबारे सरकारको स्पष्टीकरण : गृहमन्त्रीले कुनै ठोस सम्झौता गरेका छैनन्

काठमाडौँ । सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा