बागमती प्रदेशसभाको बैठक : धन्यवादको प्रस्ताव पारित गरी स्थगित « Khabarhub

बागमती प्रदेशसभाको बैठक : धन्यवादको प्रस्ताव पारित गरी स्थगित


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकले प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारका तर्फबाट आव २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिकीकरण गरेको उनीप्रति धन्यावाद व्यक्त गरेको छ । धन्यवाद प्रस्तावलाई बागमती प्रदेशसभाकी सदस्य तथा नेकपा (एकीकृत समाजवादी) पार्टी बागमतीको मुख्य सचेतक मुनु सिग्देलले प्रस्ताव गरेको र नेकपा (एमाले) का प्रमुख सचेतक दीपक निरौलाले उक्त प्रस्तावको समर्थन गरेका थिए ।

बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक यही जेठ १८ गते अपराह्न २ बजे बस्ने गरी बैठक स्थगित गरे । बुधबार बस्ने प्रदेशसभाको बैठकमा सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि दलहरूका तर्फबाट बोल्ने सदस्यहरूले आ–आफ्नो धारणा व्यक्त गर्नुहुने र तीन दिनभित्र उक्त नीति तथा कार्यक्रमलाई पारित गर्ने लक्ष्य रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

यसैबीच आज प्रदेशसभाको बैठकमा एमाले बागमती प्रदेशसभाका सदस्य रामेश्वर फुँयालले सरकारले प्रस्तुत गरिएको नीति तथा कार्यक्रम खासै नौलो र जनहितका लागि ल्याइएको नभई चुनावी प्रचारका लागि मात्रै प्रदर्शन गर्न ल्याइएकामा असन्तुष्टि व्यक्त गरे । उनले तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको सरकारले विगत ४ वर्षदेखि उच्च प्राथमिकता साथ कार्यान्वयनमा ल्याउने गरी बजेट विनियोजन भएकामा अहिले सरकारले नाम परिवर्तन गरी कार्यान्वयनका लागि तत्परता देखाएको आफ्नो दलका तर्फबाट धन्यवाद भन्न सकिन्छ भने ।

सरकारले प्रतिपक्ष दलहरूसँग पनि नीति कार्यक्रम तर्जुमा गर्दा छलफल र समन्वय नगर्ने परम्पराले आगामी दिनमा आउने बजेट पनि बृहत् जनहितका लागि आउन नसक्ने र गठबन्धनको स्वार्थका लागि मात्रै विभिन्न शीर्षकमा बजेट छुट्याउन लागिएको उनले आरोप लगाए । उक्त नीति तथा कार्यक्रममाथि टिप्पणी गर्नुहुँदै प्रदेशसभाका सदस्य रमेश पौडेलले सरकारले मन्त्रालयको सङ्ख्या र मन्त्री घटाउने प्रस्ताव नल्याइएको, स्थानीय उपभोक्तालाई मार पर्नेगरी विभिन्न खाद्य सामग्रीमा महँगी बढेकामा नियन्त्रण गर्ने प्रयास नगरिएको टिप्पणी गरे ।

यसैगरी, प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोरसाईंले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम अपाङ्ग खालको रहेको टिप्पणी गर्दै जनतालाई केन्द्रबिन्दुमा राखेर महँगी नियन्त्रण गर्ने उपायको अवलम्बन नगरिएको र भौतिक पूर्वाधार विकासलाई सम्मानजनक स्थानीय निकायको सिफारिसको आधारमा योजना छनोट हुन नसकेको र दलगत स्वार्थलाई प्रोत्साहन गर्नेखालको भएको हुँदा समाजवादको आर्थिक पक्षलाई कमजोर तुल्याउने प्रयास गरेको आरोप लगाए ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ७ : १४ बजे

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु

कोलम्बो- श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौँ विस्थापित

न्होम्पेन– कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको