बागमती प्रदेशसभाको बैठक : धन्यवादको प्रस्ताव पारित गरी स्थगित « Khabarhub

बागमती प्रदेशसभाको बैठक : धन्यवादको प्रस्ताव पारित गरी स्थगित


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकले प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारका तर्फबाट आव २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिकीकरण गरेको उनीप्रति धन्यावाद व्यक्त गरेको छ । धन्यवाद प्रस्तावलाई बागमती प्रदेशसभाकी सदस्य तथा नेकपा (एकीकृत समाजवादी) पार्टी बागमतीको मुख्य सचेतक मुनु सिग्देलले प्रस्ताव गरेको र नेकपा (एमाले) का प्रमुख सचेतक दीपक निरौलाले उक्त प्रस्तावको समर्थन गरेका थिए ।

बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक यही जेठ १८ गते अपराह्न २ बजे बस्ने गरी बैठक स्थगित गरे । बुधबार बस्ने प्रदेशसभाको बैठकमा सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि दलहरूका तर्फबाट बोल्ने सदस्यहरूले आ–आफ्नो धारणा व्यक्त गर्नुहुने र तीन दिनभित्र उक्त नीति तथा कार्यक्रमलाई पारित गर्ने लक्ष्य रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

यसैबीच आज प्रदेशसभाको बैठकमा एमाले बागमती प्रदेशसभाका सदस्य रामेश्वर फुँयालले सरकारले प्रस्तुत गरिएको नीति तथा कार्यक्रम खासै नौलो र जनहितका लागि ल्याइएको नभई चुनावी प्रचारका लागि मात्रै प्रदर्शन गर्न ल्याइएकामा असन्तुष्टि व्यक्त गरे । उनले तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको सरकारले विगत ४ वर्षदेखि उच्च प्राथमिकता साथ कार्यान्वयनमा ल्याउने गरी बजेट विनियोजन भएकामा अहिले सरकारले नाम परिवर्तन गरी कार्यान्वयनका लागि तत्परता देखाएको आफ्नो दलका तर्फबाट धन्यवाद भन्न सकिन्छ भने ।

सरकारले प्रतिपक्ष दलहरूसँग पनि नीति कार्यक्रम तर्जुमा गर्दा छलफल र समन्वय नगर्ने परम्पराले आगामी दिनमा आउने बजेट पनि बृहत् जनहितका लागि आउन नसक्ने र गठबन्धनको स्वार्थका लागि मात्रै विभिन्न शीर्षकमा बजेट छुट्याउन लागिएको उनले आरोप लगाए । उक्त नीति तथा कार्यक्रममाथि टिप्पणी गर्नुहुँदै प्रदेशसभाका सदस्य रमेश पौडेलले सरकारले मन्त्रालयको सङ्ख्या र मन्त्री घटाउने प्रस्ताव नल्याइएको, स्थानीय उपभोक्तालाई मार पर्नेगरी विभिन्न खाद्य सामग्रीमा महँगी बढेकामा नियन्त्रण गर्ने प्रयास नगरिएको टिप्पणी गरे ।

यसैगरी, प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोरसाईंले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम अपाङ्ग खालको रहेको टिप्पणी गर्दै जनतालाई केन्द्रबिन्दुमा राखेर महँगी नियन्त्रण गर्ने उपायको अवलम्बन नगरिएको र भौतिक पूर्वाधार विकासलाई सम्मानजनक स्थानीय निकायको सिफारिसको आधारमा योजना छनोट हुन नसकेको र दलगत स्वार्थलाई प्रोत्साहन गर्नेखालको भएको हुँदा समाजवादको आर्थिक पक्षलाई कमजोर तुल्याउने प्रयास गरेको आरोप लगाए ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ७ : १४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।