अनलाइनमार्फत ल्यापटप कुरियर गर्न लगाई ठगी गर्ने गिरोह पक्राउ « Khabarhub

अनलाइनमार्फत ल्यापटप कुरियर गर्न लगाई ठगी गर्ने गिरोह पक्राउ


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले अनलाइनमार्फत सामान कुरियर गर्न लगाई ठगी गर्ने गिरोह पक्राउ गरेको छ । ठगीमा संलग्न दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नम्बर १५ का राज भन्ने मिनबहादुर थापा, भारतको हैदरावादका फेनि कुमार जेट्टी, भारतको हैदरावादकै हेमन्त भुद्दगिरी र भाष्कर नायक पक्राउ परेका हुन् ।

उनीहरुले हाम्रोबजार डट कम नामक अनलाइन किनमेल साइटबाट ल्यापटप झिकाई ठगी गरेको जनाइएको छ । आफू अमेरिकामा रहेको बताउने क्रिष्टोफर पिल्ग्रिमको नामबाट उनीहरुले भैरहवामा विक्रम थापाको नाममा ल्यापटप कुरियर गर्न लगाएको प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले यसका लागि एनआईसी एसिया बैंकमा ७० हजार रुपैयाँ पठाउन लगाएको जनाइएको छ ।

पक्राउ परेका गिरोहको साथबाट क्यामेरा, ल्यापटप, ट्याब, स्मार्टवाच, गितार, बुद्धको मूर्ति र विभिन्न कम्पनीका ८ मोबाइल र १ लाख ६५ हजार भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ७ : २० बजे

चार निर्वाचन क्षेत्रको मतगणना अझै सुरु हुन सकेन

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६१

रुपन्देहीबाट विष्णु पौडेल ४३ हजार मतान्तरले पराजित : रास्वपाका सुलभ खरेल विजयी

काठमाडौँ – रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी

भक्तपुर-२ मा पराजित भएपछि महेश बस्नेतले भने- राजनीतिमा हार-जित स्वभाविक हुन्

काठमाडौँ- भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधि सभा निर्वाचनमा पराजित

काठमाडौँमा रास्वपाको क्लिनस्वीप : कसले कति मत पाए ?

काठमाडौँ – देशको राजधानी काठमाडौँका १० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र

ललितपुरका तीनवटै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता

ललितपुर– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र