भारतीय सेना प्रमुखद्वारा कश्मीरस्थित सीमाक्षेत्रको भ्रमण « Khabarhub

भारतीय सेना प्रमुखद्वारा कश्मीरस्थित सीमाक्षेत्रको भ्रमण


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय सेना प्रमुख जनरल मनोज पाण्डेले कश्मीरस्थित सीमाक्षेत्रको भ्रमण गरेका छन् ।

उनले पाकिस्तानसँग सीमा जोडिएको नियन्त्रण रेखाको भ्रमण गरी त्यहाँको सुरक्षा अवस्थाबारे जानकारी लिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
भ्रमणका क्रममा उनले स्थानीय सुरक्षा अधिकारीहरुसँग सुरक्षा अवस्थाबारे छलफल समेत गरेको एएनआइले जनाएको छ । यसबाहेक नियन्त्रण रेखामा पछिल्लो युद्धविराम सम्झौताको अवस्थाबारे समेत जानकारी लिएको जनाइएको छ ।

उनले त्यहाँ तैनाथ सैनिकहरुलाई सतर्क रहन तथा नियन्त्रण रेखाको मर्यादालाई जोगाउन आग्रह गरेका थिए । कश्मीरमा रहँदा उनले भारतीय सैनिकको उच्च मनोबलको प्रसंशा गरेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ८ : १२ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको