कर्णालीमा विद्यार्थीलाई पुस्तक पाउनै मुस्किल, गोदाममै थन्किए पुस्तक | Khabarhub Khabarhub

कर्णालीमा विद्यार्थीलाई पुस्तक पाउनै मुस्किल, गोदाममै थन्किए पुस्तक


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना बितिसक्दासमेत कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीहरुले अझै पुस्तक पाएका छैनन् । जनक शिक्षा सामग्री केन्द्र, स्थानीय तह र विद्यालयहरुबीच समन्वय नहुँदा पुस्तक ढुवानी प्रभावित बनेको हो ।

कर्णालीका मुगुबाहेक सबै जिल्लामा पाठ्यपुस्तक ढुवानी प्रक्रिया सुरु भइसकेको छ । पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले मुगुका चारवटै स्थानीय तहका लागि आवश्यक पुस्तक गोदाममै थन्किएको जनाएको छ ।

केन्द्रको सुर्खेतस्थित प्रादेशिक कार्यालयका प्रमुख धनबहादुर केसीले दुर्गम जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक उपलब्ध गराए पनि स्थानीय तहले खरिदमा बेवास्ता गरेको बताउनुभयो । उहाँका अनुसार मुगुका लागि रु २४ लाखका पुस्तक तयारी अवस्थामा राखिएको छ । तर खरिद प्रक्रियामा मुुगुका सबै स्थानीय तह र विद्यालयहरुले कुनै चासो दिएका छैनन् ।

कर्णालीका डोल्पा, सल्यान, रुकुम पश्चिम र हुम्लाका दुई स्थानीय तहमा नेपालगञ्जबाट ढुवानी भइरहेको छ । यी जिल्लामा नेपालगञ्ज ढुवानी थालिएको छ ।

“नेपालगञ्जबाट पायक पर्ने भएकाले ढुवानीको प्रक्रिया अघि बढिसकेको छ, कतिपय जिल्लामा पुगिसकेको छ भने केही पुस्तक बाटोमै छन्,” जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख केसीले भने, “सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र जाजरकोटमा सुर्खेतबाटै पठाइएको छ ।”

जनक शिक्षाका अनुसार कालीकोटमा तीन हजार सेट, दैलेखमा चार हजार ५०० सेट, जाजरकोटमा चार हजार सेट, सुर्खेतमा चार हजार सेट, जुम्लामा दुई हजार ५०० सेट पुस्तक पठाइएको छ । बाँकी किताब छपाइकै क्रममा रहेकाले सुर्खेत गोदाममा आउने बित्तिकै पठाइने प्रादेशिक कार्यालयले जनाएको छ ।

कर्णालीमा कक्षा ८ को स्वास्थ्य तथा शारीरिक शिक्षा विषयको छपाइ कम हुँदा अभाव रहेको बताइएको छ । जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख केसीले स्थानीय तह र विद्यालयहरुबीच पाठ्यपुस्तक ढुवानीमा आपसी समन्वय नहुँदा विद्यार्थीले समयमै पुस्तक पाउन नसकेको बताए ।

पुस्तक हुँदाहुँदै पनि खरिद तथा ढुवानीमा स्थानीय तह र विद्यालयले बेवास्ता गरेको उनको भनाइ छ ।

यसैबीच समयमै पर्याप्त पुस्तक नहुँदा अधिकांश विद्यालयको पठनपाठन प्रभावित हुन पुगेको छ । सुर्खेतको जनता माध्यमिक विद्यालय विद्यापुरका प्रधानाध्यापक मोतिराज जोशीले प्रदेश राजधानीकै जिल्लामा अझै पुस्तक नपाइनु सम्बन्धित निकायको लापरबाही रहेको बताए ।

“पुरानो किताबकै भरमा पढाइरहेका छौँ, नयाँ किताब पढ्ने विद्यार्थीको रहर कहिले पूरा हुने हो निश्चित छैन”, उनले भने, “कक्षा ४, ७ र ९ को नयाँ पाठ्यक्रम भएकाले ती कक्षा प्रभावित हुन पुगेका छन्, अन्य कक्षामा त पुरानै किताबले पनि पठनपाठन गराइएको छ ।”

कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा फागुनदेखि नै शैक्षिक सत्र सुरु भइसक्छ । त्रैमासिक परीक्षा सुरु हुने बेलासम्म पनि विद्यार्थीको हातसम्म पुस्तक उपलब्ध नभएको विद्यार्थी र शिक्षकहरुको गुनासो छ ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ९ : ३७ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या निरन्तर

शिल्पा शेट्टी र राज कुन्द्राविरुद्ध ठगी मुद्दा दर्ता : ६० करोड ठगीको आरोप

मुम्बई – बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी र उनका पति,

पदमार्गको अभावले ओझेलमा ‘जल्पाताल’

ढोरपाटन– चारैतिर अग्ला पहाड । बीचमा टक्क अडिएको निश्चल पानी

चार दशकपछि डिस्को डान्सरको सिक्वेल: रणवीर वा अल्लु अर्जुन मिथुनको भूमिकामा

मुम्बई – सन् १९८२ मा रिलिज भएको ‘डिस्को डान्स’ हिन्दी