एनआरएनएले भन्यो– बजेट सकारात्मक छ « Khabarhub

एनआरएनएले भन्यो– बजेट सकारात्मक छ


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारले आइतबार संसदमा प्रस्तुत बजेटको स्वागत गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत बजेट वक्तव्यमा गैरआवासीय नेपाली संघले उठाउँदै आएका थुप्रै माग सम्बोधन गरिएको उल्लेख छ ।

गैरआवासीय नेपाली लक्षित विभिन्न कार्यक्रम घोषणा गरिएकोमा भन्दै संघले स्वागत गरेको हो ।

विज्ञप्तिमा विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट खरिदको बाटो खुला गर्ने जस्ता प्रावधान पनि सकारात्मक रहेको उल्लेख छ ।

यसअघि नेपाल सरकारले विदेशमा बसोबास गरी रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न सहज गर्नुका साथै यही जुन १ तारिखदेखि नेपाल राष्ट्र बैंकले आकर्षक ब्याजदर दिने गरी वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्न लागेको छ ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ९ : ५१ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको