नेपाललाई प्रेस स्वतन्त्रताको अग्रणी मुलुकमा विकसित गर्न चाहन्छौँ : मन्त्री कार्की « Khabarhub

नेपाललाई प्रेस स्वतन्त्रताको अग्रणी मुलुकमा विकसित गर्न चाहन्छौँ : मन्त्री कार्की


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियामै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भएको अग्रणी मुलुकका रुपमा विकसित गर्न चाहेको बताएका छन् ।

नेपाल टेलिभिजनको ३७औँ वार्षिकोत्सवका अवसरमा घोषित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा आज उनले त्यसका लागि सरोकारवाला सबैले अग्रसरता लिनुपर्ने र सबैको सहयोगको अपेक्षासमेत गरे ।

मन्त्री कार्कीले नेपाल टेलिभिजन सधैँ पहिलो रोजाइको टिभीका रुपमा स्थापित हुनुपर्ने बताउँदै त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालयले सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरे । साथै उनले सञ्चार जगतमा प्रतिस्पर्धा छ भन्ने कुरालाई विचार गरी खरो उत्रिन सकोस् भनी शुभकामना व्यक्त गरे ।

नेपाल टिभीले सबै जातजाति र भाषाभाषीको आवाज सबै भूभागबाट बोल्नुपर्ने बताउँदै उनले त्यसका लागि सरकारको सहयोग, समर्थन र संरक्षण रहेको उल्लेख गरे । मन्त्री कार्कीले सबैको साझा प्रयत्न र त्यागबाट मुलुकमा विशिष्ट राजनीतिक पद्धति प्राप्त भएको उल्लेख गर्दै यसलाई संरक्षण गरी संस्थागत प्रवर्धनमा सबै जुट्नुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा नेपाल टिभीका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले टिभीको श्रीवृद्धि र विकास तथा कर्मचारी र पत्रकारको वृत्ति विकासका लागि आफू सदैव लागिरहने उल्लेख गर्दै यसको विकल्प नभएको बताए । नेपाल टिभीका महाप्रबन्धक फूलमान बल तामाङले कोभिडका कारण यसअघि माघ १७ गते वार्षिकोत्सव कार्यक्रम भौतिक रुपमा मनाउन नसकिएकाले आज विशेष कार्यक्रम गरी मनाइएको अवगत गराए ेेेे।

नेपाल टिभीलाई बढी विज्ञापन उपलब्ध गराउने सरकारी तथा निजी संस्थालाई सम्मान गरिएको थियो भने नेपाल टिभीमा ३० र २० वर्षसम्म निरन्तर काम गरेका कर्मचारी तथा पत्रकारलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  १० : ५७ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।