बलात्कार र मानव बेचबिखनको आरोपमा एक महिलासहित ३ जना पक्राउ « Khabarhub

बलात्कार र मानव बेचबिखनको आरोपमा एक महिलासहित ३ जना पक्राउ


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज- मानव बेचबिखन तथा जबरजस्ती करणी अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका वडा नं.४ घर भई हाल पर्साको वीरगन्ज महानगरपालिका–८ स्थित एक रेस्टुरेन्टमा काम गर्ने २५ वर्षीय सुरज कुमार साह, वीरगन्ज महानगरपालिका वडा नं.१६ स्थित कार्की होटेलकी सञ्चालिका ४२ वर्षीय लक्ष्मी बुढाथोकी (कार्की) र जुम्लाको हेमा गाउँपालिका वडा नं.३ जोगीवडा टोल घर भई हाल वीरगन्ज १६ फूलबारी टोलमा डेरा गरी बस्ने ३५ वर्षका हरिचन्द्रनाथ योगी रहेका छन् ।

प्रहरीका अनुसार सुरुमा सुरज कुमार साहले सुरुमा गत जेठ ५ गते काठमाण्डौँ बस्ने २५ वर्षीय युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगन्ज बोलाई बसपार्कस्थित एक होटेलमा लगी पटक–पटक करणी गरेपश्चात् जेठ ९ गते वीरगन्ज महानगरपालिका वडा नं.१६ स्थित कार्की होटेलकी सञ्चालिका ४२ वर्षीय लक्ष्मी बुढाथोकी (कार्की) को जिम्मा लगाई फरार भएका थिए ।

त्यसपछि होटेलकी साहुनी कार्कीले “विवाह गर्छ” भनी झुक्याई जुम्लाको हेमा गाउँपालिका–३ जोगीवडा टोल घर भई हाल वीरगन्ज १६ फूलबारी टोलमा डेरा गरी बस्ने ३५ वर्षका हरिचन्द्रनाथ योगीको जिम्मा लगाएर पठाएको प्रहरीले जनाएको छ ।

योगीले पीडितलाई आफ्नो कोठामा लगी मानसिक र शारीरिक यातना दिएको पीडितले बताएको प्रहरीले जनाएको छ ।

साथै योगीले समेत पटक–पटक जबरजस्ती करणी गरी बाहिर निस्कन नदिई राखेको पीडितले बताएको र त्यसपछि १४ गते राति पीडित योगीको चंगुलबाट भाग्न सफल भई आफन्तको सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

आफन्तको सहयोगमा १५ गते आइतबार प्रहरीमा उजुरी परेपछि  खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिकाका विभिन्न स्थानबाट तीनै जना आरोपितलाई नियन्त्रणमा लिई जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  १० : ३१ बजे

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति