बलात्कार र मानव बेचबिखनको आरोपमा एक महिलासहित ३ जना पक्राउ « Khabarhub

बलात्कार र मानव बेचबिखनको आरोपमा एक महिलासहित ३ जना पक्राउ


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज- मानव बेचबिखन तथा जबरजस्ती करणी अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका वडा नं.४ घर भई हाल पर्साको वीरगन्ज महानगरपालिका–८ स्थित एक रेस्टुरेन्टमा काम गर्ने २५ वर्षीय सुरज कुमार साह, वीरगन्ज महानगरपालिका वडा नं.१६ स्थित कार्की होटेलकी सञ्चालिका ४२ वर्षीय लक्ष्मी बुढाथोकी (कार्की) र जुम्लाको हेमा गाउँपालिका वडा नं.३ जोगीवडा टोल घर भई हाल वीरगन्ज १६ फूलबारी टोलमा डेरा गरी बस्ने ३५ वर्षका हरिचन्द्रनाथ योगी रहेका छन् ।

प्रहरीका अनुसार सुरुमा सुरज कुमार साहले सुरुमा गत जेठ ५ गते काठमाण्डौँ बस्ने २५ वर्षीय युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगन्ज बोलाई बसपार्कस्थित एक होटेलमा लगी पटक–पटक करणी गरेपश्चात् जेठ ९ गते वीरगन्ज महानगरपालिका वडा नं.१६ स्थित कार्की होटेलकी सञ्चालिका ४२ वर्षीय लक्ष्मी बुढाथोकी (कार्की) को जिम्मा लगाई फरार भएका थिए ।

त्यसपछि होटेलकी साहुनी कार्कीले “विवाह गर्छ” भनी झुक्याई जुम्लाको हेमा गाउँपालिका–३ जोगीवडा टोल घर भई हाल वीरगन्ज १६ फूलबारी टोलमा डेरा गरी बस्ने ३५ वर्षका हरिचन्द्रनाथ योगीको जिम्मा लगाएर पठाएको प्रहरीले जनाएको छ ।

योगीले पीडितलाई आफ्नो कोठामा लगी मानसिक र शारीरिक यातना दिएको पीडितले बताएको प्रहरीले जनाएको छ ।

साथै योगीले समेत पटक–पटक जबरजस्ती करणी गरी बाहिर निस्कन नदिई राखेको पीडितले बताएको र त्यसपछि १४ गते राति पीडित योगीको चंगुलबाट भाग्न सफल भई आफन्तको सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

आफन्तको सहयोगमा १५ गते आइतबार प्रहरीमा उजुरी परेपछि  खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिकाका विभिन्न स्थानबाट तीनै जना आरोपितलाई नियन्त्रणमा लिई जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  १० : ३१ बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको