स्वरोजगार कोषले गर्‍यो एकैदिन ५० करोड ऋण स्वीकृत « Khabarhub

स्वरोजगार कोषले गर्‍यो एकैदिन ५० करोड ऋण स्वीकृत


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवा स्वरोजगार कोषले सोमबार एकदिन मै करीब ५० करोडको ऋण स्वीकृत गरेको छ ।

सोमबार कोषका कार्यकारीउपाध्यक्ष डा. देवराज रोका (कल्याण)ले १२० वटा सहकारी संस्थाका फाइलहरूलाई अन्तिम निर्णयार्थ स्वीकृत गरेसँगै करीब ५० करोड सम्बन्धित सहकारी संस्थाका खातामा निकासा हुन लागेको हो ।

कोषले सहकारी संस्थाहरूलाई थोककर्जा उपलब्ध गराउँदै आएको भए पनि पछिल्लो समय ऋण स्वीकृतिमा सुस्तता आएको थियो ।

सोमबार तयारी अवस्थामा रहेका १२० वटा सहकारी संस्थाका फाइललाई एकैपटक अन्तिम निर्णयार्थ उपाध्यक्षसमक्ष पेश हुँदा एकैदिन सो परिमाणमा फाइल स्वीकृत भएको हो ।

सरकारले वार्षिक १२ हजार युवालाई थप स्वरोजगार बनाउने लक्ष्य लिएको हुँदा, सो लक्ष्य प्राप्त गर्नलाई युद्धस्तरबाट काम अघि बढाइरहेको कोषका उपाध्यक्ष डा. रोकाले दाबी गरे ।

कोषले युवालाई स्वदेशमै उत्पादनशील तथा उद्यमी बनाउन बैङ्क तथा वित्तीयसंस्था र सहकारीहरूलाई थोक कर्जा प्रदान गर्दै आएको छ । यसरी विभिन्न बैङ्क तथा वित्तीयसंस्था र सहकारीमार्फत युवाले खुद्रा कर्जा प्राप्त गर्दछन् ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  १० : ४३ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी