ठमेलदेखि नयाँ बसपार्क क्षेत्रलाई व्यवस्थित बनाइने « Khabarhub

ठमेलदेखि नयाँ बसपार्क क्षेत्रलाई व्यवस्थित बनाइने


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलदेखि नयाँ बसपार्क क्षेत्रलाई व्यवस्थित बनाइने भएको छ ।

काठमाडौँ महानगरपालिका–२६ का नवनिर्वाचित वडाध्यक्ष ख्यामराज तिवारीले आज पदभार ग्रहण गर्दै उक्त क्षेत्रलाई व्यवस्थित र नमूना क्षेत्र बनाउने बताए ।

“ठमेल घुम्न आएका विदेशी पर्यटकलाई नयाँ बसपार्क घुम्न जाने वातावरण निर्माणमा वडा लाग्नेछ”, उनले भने ।

दोस्रोपटक पुनः वडाध्यक्ष निर्वाचित भएका तिवारीले आफ्नो पहिलो कार्यकालमा ऐन, नीति, नियम निर्माण र वडा कार्यालयको भवन निर्माणमा बितेको भन्दै आगामी कार्यकालमा वडाभित्रका समस्या समाधानमा काम गर्ने बताए ।

अघिल्लो कार्यकालमा वडा कार्यालय भवन निर्माण, लैनचौर खेल मैदान निर्माण, मल्ल होटलदेखि ठमेल क्षेत्रको बाटो चौडाइ, भगवानबहाल मन्दिर पुनःनिर्माण, ठमेलेश्वर महादेव मन्दिरको भजन घर निर्माण, लैनचौरस्थित नारायण मन्दिर निर्माण, शान्ति विद्या गृह स्कुलको भवन पुनःनिर्माण र विभिन्न बाटोहरु कालोपत्र गरेको उनले दाबी गरे ।

मेलम्ची खानेपानी आयोजनाको काम र विद्युत् प्राधिकरणको कामले गर्दा कतिपय बाटाहरू कालोपत्र रोकिएको भन्दै यसलाई समेत चाँडो सम्पन्न गरिने वडाध्यक्ष तिवारीले बताए । वडाध्यक्ष तिवारीसँगै आजै वडा सदस्य बाबुकाजी महर्जन, प्रवेश श्रेष्ठ, शान्ता प्रजापति महर्जन र रुपा नेपालीले पनि वडा कार्यालय पुगेर आफ्नो पदभार ग्रहण गरेका छन् ।

सोही अवसरमा नेपाल महिला एकता समाजले वडाध्यक्ष तिवारीलगायत सम्पूर्ण नवनिर्वाचित जनप्रतिनिधिलाई भेटेर सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । भेटमा समाज काठमाडौँकी अध्यक्ष मणि लामाले सुरक्षित बसोबास, सुनिश्चित अधिकार र हिंसामुक्त समाज निर्माणका लागि वडाको ठूलो भूमिका रहेको बताइन् । उनले महिला अधिकारका लागि काम गर्नसमेत वडालाई आग्रह गरिन् ।

विसं २०५७ मा स्थापना भएको नेपाल महिला एकता समाजले महिला हक, हित र अधिकारका लागि काम गर्दै आइरहेको लामाको भनाइ छ । काठमाडौँ महानगरपालिका–२६ मा ठमेल, लैनचौर, गल्कोपाखा, सामाखुसी, म्हैपी, नयाँ बसपार्क, गोँगबु, टाउन प्लानिङ, रानीबारीलगायत क्षेत्रहरू पर्दछन् ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ११ : २३ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको