विश्व बैंकले श्रीलङ्कालाई ७० करोड अमेरिकी डलर प्रदान गर्ने « Khabarhub

विश्व बैंकले श्रीलङ्कालाई ७० करोड अमेरिकी डलर प्रदान गर्ने


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व बैंकले आगामी केही महिनाभित्र श्रीलङ्कालाई करिब ७० करोड अमेरिकी डलर उपलब्ध गराउन लागेको श्रीलङ्काका विदेशमन्त्रीले जनाकारी दिएका छन् ।

कोलम्बोमा रहेको विश्व बैंकका देशीय प्रबन्धक चियो कान्डाले श्रीलङ्काका विदेशमन्त्री जीएल पेरिससँग कुराकानीका क्रममा सो प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।

भेटमा मन्त्रीले अन्तर्राष्ट्रिय मुद्राकोष, अन्य अन्तर्राष्ट्रिय संस्था र दातृ राष्ट्रहरूमार्फत दीर्घकालीन सहायता उपलब्ध नहुन्जेल विश्व बैंकसँग सहयोग मागेका थिए ।

मन्त्रीले अर्थतन्त्रको दिगो समाधान नआएसम्म विश्व बैंकको अल्पकालीन आर्थिक सहयोगको कदर गरिने बताएका छन् ।

विश्व बैंकका देशीय प्रबन्धकले उनको कार्यालयले एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक र संयुक्त राष्ट्रसंघको कार्यालय जस्ता अन्य संस्थाहरूसँग पनि श्रीलङ्काको बिग्रदो अर्थतन्त्र सुधारका निम्ति काम गरिरहेको बताएका छन् ।

हाल श्रीलङ्काले चरम विदेशी मुद्राको अभावको सामना गरिरहेको छ जसले अत्यावश्यक वस्तुहरू आयात गर्न समस्या निम्त्याएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ११ : १० बजे

विधायन व्यवस्थापन समितिबाट पर्यटन विधेयक पारित

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पर्यटन विधेयक पारित गरेको

एक्सन फिल्म ‘परिवर्तन’ हेर्न १६ वर्ष मुनिका दर्शकलाई अभिभावक साथ चाहिने

काठमाडौं – माघ ९ बाट प्रदर्शनमा आउन लागेको एक्सन फिल्म

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता

एजेन्सी– एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी

दोलखाका उम्मेदवारलाई गिजाइरहेका बेवारिसे योजना  

दोलखा– पछिल्लो एक दशकको अवधिमा दुई वटा निर्वाचन सम्पन्न भएर

गगनलाई सभापति बनाएपछि के गर्दैछन् विश्वप्रकाश ?

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यसपटक कुनै पनि स्थानबाट