विश्व बैंकले श्रीलङ्कालाई ७० करोड अमेरिकी डलर प्रदान गर्ने « Khabarhub

विश्व बैंकले श्रीलङ्कालाई ७० करोड अमेरिकी डलर प्रदान गर्ने


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व बैंकले आगामी केही महिनाभित्र श्रीलङ्कालाई करिब ७० करोड अमेरिकी डलर उपलब्ध गराउन लागेको श्रीलङ्काका विदेशमन्त्रीले जनाकारी दिएका छन् ।

कोलम्बोमा रहेको विश्व बैंकका देशीय प्रबन्धक चियो कान्डाले श्रीलङ्काका विदेशमन्त्री जीएल पेरिससँग कुराकानीका क्रममा सो प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।

भेटमा मन्त्रीले अन्तर्राष्ट्रिय मुद्राकोष, अन्य अन्तर्राष्ट्रिय संस्था र दातृ राष्ट्रहरूमार्फत दीर्घकालीन सहायता उपलब्ध नहुन्जेल विश्व बैंकसँग सहयोग मागेका थिए ।

मन्त्रीले अर्थतन्त्रको दिगो समाधान नआएसम्म विश्व बैंकको अल्पकालीन आर्थिक सहयोगको कदर गरिने बताएका छन् ।

विश्व बैंकका देशीय प्रबन्धकले उनको कार्यालयले एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक र संयुक्त राष्ट्रसंघको कार्यालय जस्ता अन्य संस्थाहरूसँग पनि श्रीलङ्काको बिग्रदो अर्थतन्त्र सुधारका निम्ति काम गरिरहेको बताएका छन् ।

हाल श्रीलङ्काले चरम विदेशी मुद्राको अभावको सामना गरिरहेको छ जसले अत्यावश्यक वस्तुहरू आयात गर्न समस्या निम्त्याएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ११ : १० बजे

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल

सरकारी सुविधा नलिने गुरुङको घोषणा, सांसद तलब जेन-जी आन्दोलनका घाइतेलाई खर्च गर्ने

ललितपुर– गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य

पाहाँचह्रे पर्वका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूलभट्टको पूजा

काठमाडौं– मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी