चाडको सुनखानीमा कामदारबीच भएको झडपमा १ सय जनाको मृत्यु « Khabarhub

चाडको सुनखानीमा कामदारबीच भएको झडपमा १ सय जनाको मृत्यु


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक चाडको उत्तरी क्षेत्रमा रहेको सुन खानीमा कार्यरत कामदारहरू बीचको झडपमा करिब १०० जनाको मृत्यु भएको छ ।

कामदारबीच भएको झडपमा परी १०० जनाको मृत्यु भएको रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले सोमबार बताएका छन् ।

लिबियाको सिमाना नजिकको कोरी बोगौदीमा हिंसा भड्किएर घटनाले ठूलो रूप लिदा करिब १०० जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् ।

उक्त झडप चाडको राजधानी जामेनाबाट करिब १,००० किलोमिटर मध्य सहारा मरुभूमिको टिबेस्टी पहाडी इलाकामा भएको जनाइएको छ ।

त्यस क्षेत्रमा सुनको खोजी गर्न चाड र छिमेकी देशहरूबाट आएका खानी कामदारहरू बीच अक्सर तनाव र झडप हुने गरेको बताइन्छ ।
झडप मौरिटानियन र लिबियालीहरू बीच भएको मन्त्रीले बताएका छन् ।

उनले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीसँग सो क्षेत्रबाट फोनमा कुरा गर्दै यसबारे जानकारी दिएका हुन् ।

‘यस क्षेत्रमा सुन खानी कामदारहरू बीच हिंसा भएको यो पहिलो घटना होइन र हामीले अर्को सूचना नआएसम्म कोरीमा सबै सुन खानीको उत्खननको कार्य स्थगन गर्ने निर्णय गरेका छौं’ उनले भने । यस क्षेत्रका बहुसंख्यक खानीहरू अवैधरूपमा सञ्चालित रहेको बताइएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ११ : ५२ बजे

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर