रोहिंग्या शरणार्थीले निम्त्याएको संकट « Khabarhub

रोहिंग्या शरणार्थीले निम्त्याएको संकट



दक्षिण एशियाकै एउटा देश बंलादेश शरणार्थीको भारीलाई थाम्न नसक्ने अवस्थामा पुगेको छ। पाँच वर्ष अघि सन् १९१७ मा म्यानमारमा सेनाद्वारा सत्ता कब्जा गरिएपछि ठूलो संख्यामा रोहिंग्या मुसलमान भागेर बंग्लादेश पुगेका थिए । हुनत त्यहाँ तीनको प्रवेश सन् १९७० कै दशकदेखि हुँदै आएको थियो । तर, सन् २०१० को दशक पश्चात त हुलका हुल नै प्रवेश गर्न थाले ।

तात्कालीन प्रधानमन्त्री शेख हसिना वाजिदको सरकारले सहर्ष तिनको स्वागत पनि गर्यो । तर, अब अहिले आएर तिनको संख्या बंलादेशमा अप्रत्याशित रुपमा बढदै गएको छ र गरिबी, बेरोजगारी एवं धार्मिक कट्टरताका कारण यिनीहरु अपराधिक क्रियाकलापमा पनि संलग्न भइरहेका छन् । शायद त्यही भएर होला अब तिनै शेख हसिना अहिले आएर रोहिंग्या मुसलमान उनको देशमा आएर अपराधिक तथा सामाजिक समस्या बढाइ दिएको आरोप लगाएका छन् ।

रोहिंग्या मुसलमान भारतको पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश तथा दिल्ली लगायतका ठाउँमा पनि ठूलो संख्यामा अवैध रुपमा बसोवास गरिरहेका छन् । तिनीहरुलाई लक्षित गरेर नै भारत सरकारले “नागरिकता संशोधन ऐन” ल्याएको थियो जसको विरोध भारतका विपक्षी दलले गरेका थिए । सुरुमा त बंंगलादेशको सरकारले पनि सिएए कानुनको विरोध गरेको थियो । तर, अब स्वयं तिनकै देशमा पनि यो समस्या विकराल रुप लिएपछि गुनासो पोख्न थालेका छन् ।

हाम्रो देशमा पनि पूर्वी तराई–मधेशमा र राजधानी काठमाडौको कपन क्षेत्रमा रोहिंग्या शरणार्थी बसोवास गरिरहेका छन्। गरिबी र बेरोजगारीका कारण सन्तान जन्माउनु बाहेक अर्को कुनै काम नगर्ने यिनीहरुले जनसंख्या वृद्धिको समस्या निम्त्याउने गरेकोलाई विर्सन सकिदैन । शान्ति प्रिय भुटानी शरणार्थीको समस्यावाट तीन दशक देखि पीडित नेपालले रोहिंग्यालाई फिर्ता गर्न झन ठुलो समस्या झेल्नु पर्नेछ । बंग्लादेशको चिन्तावाट हामी पनि सतर्क हुनुपर्दछ ।

रोहिंग्या शरणार्थी बंगलादेशका सडकमा प्रदर्शन गर्दै म्यानमार फर्किनु पर्ने माग गरिरहेका छन् । तर, त्यहाँ अहिले पनि सेनाकै शासन छ । तिनै कठोर सेनाले रोहिंग्यालाई धपाएर देश निकाला गरेको यथार्थलाई पनि शरणार्थीले मनन गर्नुपर्ने हो । फेरि म्यानमारको बौद्ध धर्मावलम्बीसँग पनि रोहिंग्या मुसलमानको सामाजिक तनाव कम भएको छैन ।

यो एउटा गम्भीर विषय हो, शेख हसिना यस समस्यालाई लिएर संयुक्त राष्ट्र संघमा पनि आवेदन गरिसकेको छ र इस्लामी सहयोग संगठन (आईओसी) को ढोकासम्म पनि पुगिसकेको छ । शरणार्थीलाई अन्तर्राष्ट्रिय सहायता दिइनुका साथै म्यानमार फिर्ता पठाइनुपर्ने माग पनि बंगलादेश सरकाले गरेको छ । बंगलादेश र म्यानमारसित सम्बन्ध विग्रिनुको कारण पनि यही समस्या नै हो । बंग्लादेशमा रोहिंग्या शरणार्थीको संख्या बढेर दश लाखसम्म पुगिसकेको छ । यिनीहरु मुलतः चट्टगांव र तिनका वरिपरि बसोवास गरिरहेका छन्। बंग्लादेशको सरकारले यिनको बसोवासका लागि भासन चारद्विपमा व्यवस्था पनि गरेको छ । यसको निम्ति आवश्यक ढाँचागत निर्माण पनि गरिसकिएको छ । सुरुमा त शरणार्थी यहाँ बस्न मानिरहेका थिएनन् । तर, अब बसोवास गरिरहेका छन् ।

रोहिंग्या मुसलमान बंगलादेश प्रवेश गर्न सक्नुको एउटा ठूलो कारण म्यानमारसित जोडिएको सीमा क्षेत्रमा केही ठाउँमा खुला हुनु पनि हो । २७० किलोमिटर लामो सीमा रेखामा २१० किलोमिटरमा मात्रै तारवार लगाउने काम भएको छ । बंगलादेशको के पनि मान्यता छ भने रोहिंग्या मुसलमान त छन् तर बंगलादेशी होइनन् । जबकी म्यानमारको ठम्याइमा रोहिंग्या बंगलादेशबाट आएर नै रखायन प्रान्तमा आफनो बासस्थान बनाएका छन् । म्यानमारबाट तिनलाई धपाउन त्यहाँको सेनाले अत्याचार पनि कम गरेन ।

रोहिंग्या मुसलमान अराजक हुनुमा पाकिस्तान नै जिम्मेवार हो भन्ने ठहर पनि बंगलादेशका विज्ञको रहेको छ । किनभने इस्लामावाद कै अप्रत्यक्ष सहयोगवाट म्यानमार र बंगलादेश रोहिंग्या शरणार्थी सलिडारिटी आर्गनाइजेसन (आरएसओ) र आराकान रोहिंग्या संल्वेशन आर्मी (एआरएसए) काम गरिरहेको छ र यसले इश्लामी कट्टरतालाई फैलाइरहेको छ । आरोप बंग्लादेशको रहेको छ समस्या के पनि छ भने यिनको निम्ति संयुक्त राष्ट्र संघका उच्चायुक्तले (युएनएससीआर) जस्ता संस्थाले कैंपत बनाएको छन् र यिनलाई बस्ने ठाउँ त दिएको छ । तर, रोजगार दिएका छैनन् ।

बंगलादेश पनि धेरै समृद्ध अर्थव्यवस्था भएको देश छैन । यसको क्षमता पनि सीमित नै रहेको छ । फलस्वरुप बंगलादेशमा रोहिंग्या शरणार्थीद्वारा हुने गरेका अपराधको ग्राफ निरन्तर बढदै गएको छ । एक आंकडा अनुसार बंगलादेशको चट्टगांवको कौक्स बजार क्षेत्रमा विगत पाँच वर्षमा चोरी, हत्या, दुष्कर्म, मादक पदार्थको तस्करी जस्ता अपराधजन्य घटनामा करिव सात गुणाले वृद्धि भएको छ । बंगलादेश सरकार यसलाई नियन्त्रण गर्न सफल भएको छैन । पाकिस्तानसित बंगलादेशको त्यति राम्रो सम्बन्ध पनि रहेको छैन । सायद त्यही भएर होला पाकिस्तान पनि यस समस्याको समाधान भएको हेर्न चाहदैन ।

समस्या भारतसँग पनि छ किनभने बंगलादेश क्षेत्रफलको हिसाबले सानो देश हो र त्यहाँ जनघनत्व बढी छ । बंगलादेशसँग भारतको सीमाना जोडिएको छ र यस क्षेत्रको सीमाना शान्त रहेका कारण अनेकौं शतर्कता र प्रयासका बाबजुद पनि केही रोहिंग्या शरणार्थी भारतमा प्रवेश गर्न सफल भइरहेका छन् । यिनको आगमन सँगै अपराधिक र कट्टरवादी तत्त्व पनि समाजमा फैलिन गएका उदाहरण छन् । रहनसहन भाषा, खानपान र शारीरिक पहिचान बंगलादेशीसँग मिल्दोजुल्दो भएका कारण रोहिंग्यालाई पहिचान गर्न पनि समस्या भइरहेको हुन्छ ।

रोहिंग्या मुसलमानलाई पहिचान गरी तिनको मातृभूमीमा फिर्ता पठानुपर्ने माग भारतमा लामो समयदेखि हुँदै आएको छ । तर, भौगोलिक परिस्थितिका कारण यो सम्भव हुन सकिरहेको छैन । रोहिंग्या शरणार्थीहरु आफ्नो स्वदेश फर्कन सकुन यस मनसायले भारतले बंगलादेश र म्यानमारसँग पटकपटक कुरा गर्दै आएको छ तर सहमति बन्न सकेको छैन । आशियान तथा संयुक्त राष्ट्र संघ जस्ता अन्तर्राष्ट्रिय मंचमा यस विषयलाई चर्चामा लयाएर आपसी सामन्जस्यबाट समस्याको समाधान खोजिनुपर्छ ।

भारतले पटकपटक म्यानमारलाई स्मरण दिलाउँदै आएको छ कि उसको माटोवाट भारत विरोधी गतिविधि हुन दिनु हुँदैन र म्यानमार यसमा आफनो पूर्ण सहमति पनि जनाउँदै आएको छ । रोहिंग्या शरणार्थीहरु भारतमा कतिपय किसिमका अपराधमा पनि संलग्न भएका पाईएका छन् । तिनीहरुलाई तिनको मातृभूमी फर्काउने प्रयास नै हुनुपर्छ । नेपालमा अवैध रुपमा बसोवास गरिरहेका रोहिंग्या शरणार्थी, लगायतका विदेशी नागरिकको पहिचान गरेर तिनलाई स्वदेश फिर्ता पठाउने काम हुनुपर्छ । कुनै पनि विदेशी नेपाली माटोको प्रयोग गरेर हाम्रा दुवै छिमेकी राष्ट्रको विारेधमा कुनै गतिविधि गर्न नसक्ने भन्ने दिशामा हाम्रो ध्यान जानु आवश्क छ ।

भुटानी शरणार्थीका समस्याबाट दशकौंसम्म पीडित नेपाल अहिले पनि पूर्ण रुपेण मुक्त हुन सकेको छैन । भुटानी शरणार्थी त नेपाली भाषी थिए । तिनीहरुलाई हामी चिन्थ्यौं पनि र तिनीहरु शान्ति प्रेमी पनि थिए । दशकौंसम्म यहाँ बस्दा पनि कहिल्यै विवाद निम्त्याउने काम गरेनन् । तर, रोहिंग्या शरणार्थीको ट्रयाक रेकर्ड विवाद मुक्त छैन । बंगलादेश जस्तो देशले पनि रोहिंग्याको भार थेग्न नसक्नुको अर्थ हाम्रो निम्त यो झन् ठूलो समस्या हुनेछ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ९ : १९ बजे

वन्यजन्तुबाट तरकारी जोगाउन भीमदत्तका किसानको खेतबारीमै बास

दोधारा चाँदनी – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किने वन्यजन्तुबाट भीमदत्त नगरपालिकाका

काठमाडौँ महानगरको विकास सहायता कार्यक्रमका लागि ८९ प्रस्ताव छनोट

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको विकास सहायता कार्यक्रमका लागि ८९ वटा

उच्चस्तरीय राजनीतिक संयन्त्रको पहिलो बैठक बस्दै

काठमाडौँ – सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

धनगढी – अन्तिम समयमा आएर हिजो स्थगित हुन पुगेको सुदूरपश्चिम

आजको मौसम : पश्चिमी वायुको प्रभावले देशभर आंशिक बदली

काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल