ट्रकसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु « Khabarhub

ट्रकसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको कमल गाउँपालिका–४ चुलाचुलीमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक दमक नगरपालिका–९ का अन्दाजी ३७ वर्षीय दीपक नेपाल रहेका छन् ।

नेपालले चलाएको प्रदेश १–०१–०१२प १४५३ नम्बरको मोटरसाइकल र ना ७ ख ८७३५ नम्बरको ट्रक गए राति सवा ११ बजे आपसमा ठोक्किएका थिए ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पतालमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १० : ४३ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार