भ्यानसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु  « Khabarhub

भ्यानसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको बालाजुमा भ्यान र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ का अन्दाजी ३९ वर्षीय सन्जिव कार्की रहेका छन् । उनको उपचारको क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राती साढे २ बजे मृत्यु भएको हो ।

बा ६ च ४८११ नम्बरको टाटा डि. आई भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल बुधबार बेलुकी सवा ८ बजे बालाजु स्थित भाटभटेनी डिर्पामेन्टल स्टोर अगाडी सडकमा ठोक्किएका थिए ।

दुवै सवारी साधन र भ्यान चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ११ : १५ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा