भोजपुरका पाँच स्थानीय तहको यातायात अवरुद्ध « Khabarhub

भोजपुरका पाँच स्थानीय तहको यातायात अवरुद्ध


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर – वर्षातका कारण भोजपुरका पाँच स्थानीय तहको यातायात सेवा अवरुद्ध भएको छ । वर्षाले ग्रामीण भेगका कच्ची सडक हिलाम्य भएका छन् । यातायात बन्द हुँदा स्थानीयलाई आवतजावतसँगै दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या भएको छ ।

दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई, हुतवागढी र आमचोक गाउँपालिका तथा उत्तरी क्षेत्रका षडानन्द नगरपालिका र साल्पासिछिलो गाउँपालिकाको यातयात सेवा बन्द छ । सडक हिलाम्य बन्दा आवतजावत बन्द भएको हो । सडक हिलाम्य भएपछि कृषकले उत्पादन गरेका कृषिउपजसँगै दूध सङ्कलनमा समस्या भएको छ । मर्मतमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयको माग छ ।

गणेशस्थान दुग्ध उद्योगका सञ्चालक रमेश कार्की दुग्धजन्य पदार्थ सङ्कलनमा समस्या भएको बताउँछन् । ‘कष्टपूर्ण यात्रा गरेर कृषिउपज बजारसम्म लैजानु पर्छ’, उनले भने । सडक अवरुद्ध भएपछि सुत्केरी र बिरामीलाई समस्या भएको छ । दैनिक उपभोग्य वस्तु ढुवानी गर्न कठिनाइ भएको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका सन्तोष विष्टले बताए ।

सदरमुकामबाट खोटाङको पाँचधारे बजारसम्म सञ्चालन हुने सडक पनि बन्द छ । भोजपुर–लेगुवा (६६ किलोमिटर) सडक र भोजपुर–चखेवा (४२ किलोमिटर) सडक भने सञ्चालनमा छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ११ : ३० बजे

प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

काठमाडौं– प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको

युद्धविरामअघि ओडिसामा घातक हमला

किएभ– अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागू हुन

संसद्‌मा प्रधानमन्त्री मौन रहनु स्वेच्छाचारी शासनको संकेत : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति

यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू) 

 जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः