१५ असारसम्म कर्णालीमा २५ प्रतिशत रोपाइँ | Khabarhub Khabarhub

१५ असारसम्म कर्णालीमा २५ प्रतिशत रोपाइँ


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशमा १५ असारसम्म करिब २५ प्रतिशत मात्र धान रोपाइँ भएको छ। कर्णालीमा धान उत्पादन हुने ४९ हजार ४२५ हेक्टर जमिनमध्ये १२ हजार १०० हेक्टरमा मात्र रोपाइँ सकिएको हो। लामो खडेरीले खोलानाला सक्दा किसानले समयमै बिउसमेत राख्न नपाएको गुनासो गरेका छन्। त्यसमा पनि मल नपाइनु, रोपेको बिउ पनि ब्याडमै सुक्नुलगायत कारण आफूहरू समस्यामा परेको किसानहरूले बताए।

सुर्खेतमा ६०० हेक्टरमा रोपाइँ

यो वर्ष कर्णालीमा सबैभन्दा बढी सुर्खेतमा ६०० हेक्टरमा रोपाइँ भएको छ। सबैभन्दा कम डोल्पामा १४० हेक्टरमा रोपाइँ भएको छ। डोल्पामा २७६ हेक्टर मात्र मात्र धान खेती हुन्छ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहालका अनुसार कर्णालीमा सबैभन्दा बढी धान फल्ने सुर्खेतमा १३ हजार ५०२ हेक्टरमा धान खेती हुन्छ। मन्त्रालयका अनुसार कर्णालीमा १९ हजार हेक्टर क्षेत्रफलमा कोदो लगाउन सकिने भए पनि करिब दुई हजार हेक्टरमा मात्र कोदो उत्पादन हुन्।

गत वर्ष २१ हजार मेट्रिक टन मात्रै कोदो उत्पादन भएको थियो। साढे ११ हजार हेक्टर क्षेत्रफलमा जौ खेती गर्न सकिने कर्णालीमा करिब पाँच हजार हेक्टरमा जौ उत्पादन भइरहेको छ। गत वर्ष साढे १४ हजार मेट्रिक टन जौँ उत्पादन भएको थियो। चिनो र कागुनो करिब तीन हजार हेक्टरमा खेती भइरहेको सचिव दाहालले बताए।

सुर्खेत, सल्यान, दैलेख र जुम्लामा प्लटिङ र जग्गा बाँझो हुँदा उत्पादन घट्दो

कर्णालीमा बढी धान उत्पादन हुने सुर्खेत, सल्यान, दैलेख र जुम्लामा धमाधम प्लटिङ र जग्गा बाँझो हुँदा उत्पादन भने बर्सेनि घटिरहेको मन्त्रालयले जनाएको छ। यो वर्ष धान उत्पादन हुने २८ प्रतिशत जमिन बाँझो रहेको मन्त्रालयको तथ्यांक छ।

कृषि विकास निर्देशक चित्रबहादुर रोकायले कृषकहरूले बढी उत्पादन गर्ने लोभमा स्थानीय बाली लगाउन छोड्दा कर्णालीमा खाद्य परनिर्भरता बढेको बताए। उनका अनुसार गत आर्थिक वर्षमा ४५ हजार ४४९ हेक्टर क्षेत्रफलमा एक लाख ५५ हजार ७४१ मेट्रिक टन धान उत्पादन भएको थियो।

उनले कर्णालीमा कुल जमिनको ९/९ प्रतिशत भूभागमा मात्रै खेती गरिएको जानकारी दिए। कर्णालीमा धानखेती हुने जमिनमध्ये झन्डै १७‍.५३ प्रतिशतमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १२ : ०३ बजे

मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको साधारणसभा भदौ २० गते 

काठमाडौं– मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल

दरमखोला हाइड्रोको आईपीओ बाँडफाँड 

काठमाडौं– दरमखोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको

एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्ड बिक्री खुल्ला

काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (बिहीबार)बाट म्युचुअल फण्ड बिक्रीमा