दक्षिण कोरियामा बढ्यो श्रमिकको तलब « Khabarhub

दक्षिण कोरियामा बढ्यो श्रमिकको तलब


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण कोरियामा आगामी वर्षका लागि श्रमिकको तलब ५ प्रतिशतले बढ्ने भएको छ । आगामी वर्षको न्यूनतम एक घण्टाको ज्यालालाई यस वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि गरी ९,६२० वोन (७.४१ अमेरिकी डलर) निर्धारण गर्ने निर्णय भएको छ ।

सेजोङस्थित सरकारी कम्प्लेक्समा बुधबार राति बसेको पूर्ण बैठकमा श्रम व्यवसायी र सर्वसाधारणबाट नौ/नौ सदस्य रहेको न्यूनतम ज्याला निर्धारण समितिले निर्णय गर्दै आगामी वर्षका लागि श्रमिकको ज्याला ५ प्रतिशतले वृद्धि गर्ने भएको हो । यससँगै २०२३ जनवरीदेखि श्रमिकले मासिक तलब २० लाख १० हजार ५८० वोन पाउने भएका छन् । यो कोरियाका सबै उद्योगहरूमा समान रूपमा लागू हुनेछ ।

वार्ताको क्रममा, श्रमिकका पक्षधरले यस वर्षको ९,१६० वोनबाट उल्लेखनीय वृद्धि गर्न आह्वान गरेको थियो । श्रमिक पक्षधरले अघिल्लो मुन जे-इन प्रशासनले घोषणा गरेको न्यूनतम घण्टाको ज्याला १० हजार वनमा पुर्‍याउने वाचा पूरा गर्न माग गरेको थियो ।

नयाँ ज्याला १ जनवरी २०२३ देखि लागू हुनेछ । पूर्व मुन जे इन प्रशासनअन्तर्गत न्यूनतम पारिश्रमिक २०१८ मा १६.४ प्रतिशत, २०१९ मा १०.९ प्रतिशत, २०२० मा २.९ र २०२१ मा सबैभन्दा कम १.५ प्रतिशत र २०२२ मा ५.१ प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १२ : १० बजे

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा