बामदेव गौतमले भेटे ‌ओलीलाई « Khabarhub

बामदेव गौतमले भेटे ‌ओलीलाई


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यसै साता मात्र एकता राष्ट्रिय अभियान पार्टीको घोषणा गरेका बामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌‌ओलीलाई भेटेका छन् ।

ओलीलाई भेट्न गौतम आज बिहान बालकोटस्थित ओली निवास पुगेका एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।

गौतम-ओली भेटमा वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्नेलगायतका विषयमा छलफल भएको बताइएको छ। ओलीसँगै अन्य कम्युनिस्ट पार्टीका नेताहरुलाई भेटेर एकता वा चुनावी मोर्चाका लागि प्रयास गर्ने गौतमले बताइरहेका छन् ।

नयाँ दल घोषणा गर्दै गौतमले ३ महिनासम्म एकताका लागि प्रयास गर्ने र एकता प्रयास सफल नभए नयाँ दल दर्ताको प्रक्रियामा जाने बताएका थिए ।

अभियान अन्तर्गत नै गौतमले मंगलबार नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १२ : १५ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।